अष्ट्रेलियाको राजधानी क्यानबेरामा दशैं सॉंझ हुने भएको छ । क्यानबेरामा स्थापित नेपाल र नेपालीका लागी सहयोगका खातिर बनेको संस्था अष्ट्रेलिया नेपाल फ़्रेण्डशिप सोसाइटिले हिन्दुहरुको बिशेष पर्व बडा दशैंको अवसरमा दशैं बिशेष सॉंझ गर्न लागेको हो
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 किन गर्दैछ एएनएफएसले दशैं सॉंझ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=210%2C56&ssl=1)
दशैंको अवसर पारेर बिभिन्न सॉंगीतिक सॉंझहरु भइरहेका भएका पनि एएनएफएसले किन फेरि दशैं सॉंझ गर्न लागेको हो भन्ने हाम्रो प्रश्नमा एएनएफएसका अध्यक्ष आशिष देवकोटाको जवाफ यस्तो थियो । अन्य इभेन्टसहरु पैसा कमाउने उद्धेश्यले भएका र हाम्रो चाहना स्थानिय कलाकारका कला पस्कने प्रयास स्वरुप रहेको बतॉंउदै यसका लागी हामीले आफनो कला प्रस्तुत गर्न इच्छुक सबैलाइ जानकारी दिएको र इच्छुक कलाकारहरुले नाम दर्ता गराउनु भएको बताउनुभयो । यसले गर्दा स्थानिय प्रतिभा बाहिर ल्याउन सजिलो हुने र सबैलाइ आफनो कार्यक्रम महशुस हुने कुरा अध्यक्ष देवकोटाले रहेको थियो । देवकोटाले दशैं सॉंझमा पाठशालाका वालबालिकाहरुको पनि बिशेष प्रस्तुति रहने कुरा देवकोटाले बताउनु भएको छ । कार्यक्रममा बालबालीका देखि प्रौढ सबैले आफनो प्रतिभा देखाउन सक्नेछन् ।
दशैं कार्यक्रमका लागी एएनएफएसका सदस्य नहुनेहरुका लागी $३०, सदस्य हुनेहरुका लागी $२० सदस्य र सदस्यहरुका अभीभावकहरुलाइ $५ शुल्क रहेको छ । कार्यक्रम क्यानबेरा क्लव हाउस न्याराबुण्डामा २ अक्टोबर २०२२ आइतबार फुलपातीका दिन हुनेछ ।
टिकट तलको लिंकबाट लिन सक्नु हुनेछ ।
https://www.anfscanberra.org.au/events/dashain-night/#tribe-tickets
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 किन गर्दैछ एएनएफएसले दशैं सॉंझ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/9D488B07-0305-4C3A-9B4D-28152282D8CE.jpeg?resize=640%2C455&ssl=1)