लेखक : बिष्णु भण्डारी
![[Tags] 50707699-DF78-4432-A707-0412B63BC3E1-1024x650 पशुबली र बास्तबिकता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/50707699-DF78-4432-A707-0412B63BC3E1.jpeg?resize=219%2C138&ssl=1)
अमर कोश र मेदिनी कोशका अनुसार बलि शब्दलेउपहार समर्पण, पूजा, नैवेद्य, दैत्यराज बलि, जस्ता अर्थहरू जनाउँछ । बल प्राणने धातुमा इन् प्रत्यय गरेर बलि शब्द बन्दछ । वलि शब्दमा दान शब्द मिलेर बन्ने वलिदान शब्दले बलिको जस्तो सर्वात्म समर्पण ठूलो त्याग या महत्सेवा अर्थ पनि जनाउँछ ।
![[Tags] 50707699-DF78-4432-A707-0412B63BC3E1-1024x650 पशुबली र बास्तबिकता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=152%2C40&ssl=1)
बलि बैश्वदेव कर्ममा काकवलि, श्वानबलि, गर्दा कागलाई र कुकुरलाई अन्नादिको बलि उपहार दिइन्छ । उनीहरूको हत्य गरिदैन । त्यसैले बलि भनेको उपहार हो हत्या होइनपशु हत्या निर्दयता र क्रूरताको पराकाष्ठा हो। त्यसैले दयावान् या धार्मिक व्यक्तिले पशुपंक्षी र वनस्पति जगत् सबैलाई दया र प्रेम गर्दछ, तिनको रक्षाका निम्ति प्रयत्न गर्दछ भने धर्महिन व्यक्तिले अरुको हत्या र मांसभक्षण गर्दछ अरुको हत्या गर्ने र मांसभक्षण गर्ने मनुष्य कुनै पनि दृष्टिले धार्मिक हुनसक्दैन ऊ भगवान को दृष्टिमा अपराधी मानिन्छ ।सबै धर्मशास्त्र देवीदुर्गालाई “या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता” भनी प्रतिपादन गरिएको छ । त्यसैले मातादुर्गा सम्पूर्ण प्राणीहरूकी आमा हुनुहुन्छ । के कुनै आमालाई उनकै सन्ततिको हत्या गरी रगत र मासु चढाएर खुशी बनाउन सकिएला ? के देवीदेवताले रगत र मासु खान्छन् ? बाल्मीकि रामायणका अनुसार राक्षसाः पिशिताशनाः अर्थात् पिशित (मासु) अशन (खाने)हरू राक्षस् हुन। पद्मोत्तर खण्डको १०४र १०५ औं अध्यायमा स्वयं दुर्गादेवीले भगवान् शिवसँग भन्नुहुन्छ ” यूपे वध्वा पशून् हत्वा…………….आत्मादीन् घातयेत् स तु “अर्थात् हे भगवान् शिव मौलोमा बाँधेर क्रूरतापूर्वक पशुको हत्या गरी वंधुहरूको साथमा मासु खाने व्यक्ति मारिएको पशुको शरीरमा भएका रौं जति वर्षसम्म असिपत्रवन नामक नर्कमा पर्ने छ । हे भोलेनाथ जसले मेरो र हजुरको नाम बेचेर आफ्नो श्रीमतीको छोराछोरीको या कूलको नाममा पशु बलिको भाकल गरेर पशु हत्या गर्ला ऊ आकाशमा चन्द्रसूर्य रहेसम्म नर्कमै बसी रहोस।
पशु को हो ?
पाशोमा बाँधिएकोलाई पशु भनिन्छ । मानिस पनि काम, क्रोध, लोभ, मोह र अहंकारको पाशोमा बाँधिएको छ । यिनै पाँच विकारहरूको बलि त्याग गर्नु नै वास्तविक बलि हो । तन्त्र ग्रन्थमा भनिएको छ कामक्रोधौ पशुतुल्यौं विघ्नकृतौं बलिं दत्वा जपं चरेत् अर्थात् मनुष्यलाई विघ्न वाधा दिने काम क्रोध नै पशु हुन् । यिनको बलि दिएर ईश्वरको उपासना गर । यिनै पाँच विकाररूप पशुको बलि नै वास्तविक पंचबलि हो । बोका, रागा, हाँस आदिको हत्या क्रूर अत्याचार हो।
विज्ञान पशु हत्या र पर्यावरण
पृथिवीमा बढिरहेको तातोको कारण आज पृथिवी नै संकटमा छ । यसको मूल कारण कार्वन, नाइट्रसअक्साईड, मिथेन जस्ता ग्यासहरू हुन् र यि ग्यासहरू मुख्य रूपमा मासु र मासुजन्य उत्पादनकै कारण उत्पन्न हुन्छन् ।मासु र स्वास्थ्य
संसारमा बढिरहेका अनेकौ भयावह रोगहरूको प्रमुख कारण कोलेस्ट्रोल, ट्राइग्लिसिराइड, युरिया, युरिक एसिड, टेनिया सोलिठम जस्ता तत्वहरू हुन् यि तत्वहरू मासु र अण्डामा प्रशस्तै पाइने हुनाले मासु र अण्डाको सेवनले सयौं प्रकारका रोगहरूलाई जन्म दिन्छन् ।
मानिस शाहाकारी प्राणी हो
मानिसमा तिखा नङ र दाँत नहुनु रातिमा आँखाले नदेख्नु, आन्द्रा छोटो न हुनु, शरीरबाट पसिना आउनु, पानी ओठले पिउनु, पेटबाट अम्लीय पदार्थ (HCL) पर्याप्त ननिस्कनु, मुखमा क्षारीय रसायन टायलिन आउनु, जन्मदा नै आँखा खुल्नु जस्ता गुणले मनुष्यलाई मांसहारी प्राणीदेखि सर्वथा अलग सिद्ध गर्दछन् । त्यसैले मासु र अण्डा मानव शरीरको प्रकृति विरुद्धको भोजन हो ।
वस्तु प्रोटिन प्रतिशतमा) क्यालोरी १००ग्राममा)
अण्डा १३.३% १७३
मासु १८% १९४
तील १८.३% ५६४
जिरा १८.७% ३५६
पेस्ता १९.८% ६२६
बदाम २०.८% ६५५
काजु २१.२% ५९६
चना २२.३% ३३३
(यो लेख बिभीन्न ग्रन्थ तथा बैज्ञानीक तथ्य मा आधारित छ)
Photo : google