अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित यूनिभर्सिटि अफ क्यानबेरा हस्पिटलमा दशैं मनाएको जानकारी रुद्र प्रसाद कणेंल (रविन) ले मेरो कपुरी लाइ जानकारी दिनुभएको छ । हिजोआज अष्ट्रेलियामा काम गर्ने ठॉंउमा दशैं मनाउने क्रम बढ्दै गएको देखिएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 यूनिभर्सिटि अफ क्यानबेरामा दशैं मनाइयो ।
https://successedu.com.au/

हस्पिटलकी डिरेक्टर अफ नर्सिंग मारिया हर्मन, सहायक डिरेक्टर केट म्याकिन्सन र नर्सिंग इन्चार्ज पेटा म्याकडोनल लगाएत बार्ड प्रमुखहरु सहित नेपाली तथा अन्य कर्मचारीहरुको उपस्थितिमा दशैं मनाएको कणेंलले बताउनुभयो । कणेंल अन्य नेपालीहरुभन्दा पाको कर्मचारीको हैसियतले सबैलाइ टिका जमरा लगाइदिएर आशिर्वाद दिनुभएको थियो । उहॉंले यसले गर्दा अष्ट्रेलियनहरुले पनि दशैंमा के हुन्छ कसरि दशैं मनाइन्छ भन्ने बारेमा जानकारी सहित नेपाली संस्कृतिको प्रचार गरेको जानकारी दिनुभयो । टिका पछि सबैलाइ नेपाली खाना खुवाइएको थियो । कणेंलले नेपाली साथिहरुलाइ सहयोगको लागी हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 यूनिभर्सिटि अफ क्यानबेरामा दशैं मनाइयो ।
F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 यूनिभर्सिटि अफ क्यानबेरामा दशैं मनाइयो ।
F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 यूनिभर्सिटि अफ क्यानबेरामा दशैं मनाइयो ।
F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 यूनिभर्सिटि अफ क्यानबेरामा दशैं मनाइयो ।

Total Page Visits: 1356 - Today Page Visits: 1
Shares