अष्ट्रेलियाको राजधानी क्यानवेरामा सरस्वती पुजाको तथा बसन्त पन्चमीको अवसरमा सप्ताहिक धार्मिक कार्यक्रमको आयोजना हुने भएको छ । धार्मिक टिभि कार्यक्रम ज्ञान गंगाको प्रस्तोता ब्यासाचार्य श्रद्धेय श्री भुवन गुरु ज्यूबाट सरस्वती पूजन तथा संगीतमय श्री स्वस्थानी माता एवम शिव कथा वाचन हुने कार्यक्रमको आयोजना सनातन समाज अष्ट्रेलियाले गर्न लागेको हो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा साप्ताहिक धार्मीक कार्यक्रम हुदै : श्री स्वस्थानी एवं शिव कथा बाचन हुने ।
https://successedu.com.au/

क्यानबेरामै पहिलो पटक हुन लागेको सरस्वती पुजा पहिलो दिन २६ जनवरीका दिन हुनेछ भने श्रीस्वस्थानी कथा बाचन जनवरी २६ देखि फेब्रुअरी १ तारिख, बुधवार समापन हुनेछ । धार्मिक कार्यक्रमको अन्य दिनमा भने संगितमय स्वस्थानी कथा बाचन सहित शिव कथा वाचनसंगै भजन-किर्तन र आरती हुने सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले जनाउनु भएको छ ।

श्रीपन्चमीका दिन साना बावु नानीहरुबाट पुस्पान्जली गरेर सुरुवात गर्ने कार्यक्रम रहेको छ र सॉंझ ५-८ बजेसम्म २६ जनवरी देखि १ तारिखसम्म हुनेछ । सॉंझ कार्यक्रम समापन पछि प्रसाद बितरण कार्यक्रम हुने हुनाले प्रसादको सहयोग गर्न इच्छुक हुने महानुभावहरुले सहयोग गर्न सकिने र स्वयं सेवकका रुपमा पनि सहयोग गरिदिनुहुन पनि सॉंस्कृतिक संयोजक बासु ढकालले अनुरोध गर्नुभएको छ । कार्यक्रम क्यानवेराका Greyhound racing club Narrabundah मा हुनेछ । कार्यक्रममा उपस्थित भएर आफनो धर्मको संस्कृतिको रक्षा गर्न समाजले सबैमा अनुरोध गरेको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 क्यानबेरामा साप्ताहिक धार्मीक कार्यक्रम हुदै : श्री स्वस्थानी एवं शिव कथा बाचन हुने ।

Total Page Visits: 881 - Today Page Visits: 1
Shares