अष्ट्रेलियाको राजधानी क्यानबेरामा यहि जनवरी ९ सोमबार देखि हरेक दोस्रो हप्तामा नेपाली नाइट हुने भएको छ । डिजे द्वय पाल्बो र वाइजी रहने उक्त नाइटमा नेपाली, हिन्दि र अंग्रेजी गीतहरुबाट मनोरन्जन प्रदान गरिने कुरा आयोजक रोयल नेपालका प्रदिप पाठकले जानकारी दिनुभएको हो ।
सक्सेस एजुकेशन एण्ड भिजा सर्भीसले प्रायोजन गरेको कार्यक्रम हरेक दोस्रो हप्ताको सोमबार सॉंझ ८ बजेबाट हुनेछ । आयोजक पाठकका अनुसार धेरै नेपाली यूवा यूवतीहरु बिभिन्न कारणले यहॉं आउनु भएको छ तर पढाइ र कामबाट हुने मानसिक एवं शारीरिक थकाइलाइ भुल्नका लागी केहि छैन त्यसैले जसले अन्य ब्यस्त जीवनबाट मनोरन्जन पनि खोजिरहनु भएको छ उहॉंहरुका लागी लक्षित कार्यक्रम हो । नेपाली डिस्को नभएको र धेरै साथिहरुले सॉंगीतिक मनोरन्जन खोजिरहनुभएकोले गर्दा सुरु गर्न लागेको हौं र कार्यक्रमको निरन्तरता होस भन्ने चाहेका छौं पाठकले बताउनुभयो ।

F1C57ABC-2325-4F5F-8E25-45A93F05E3EA-723x1024 नेपाली डिस्कोको सुरुवात हुदै क्यानबेरामा ।

Total Page Visits: - Today Page Visits:
Shares