नेपाल एकिकरणका नायक तथा बडामहाराज धिराज पृथ्वी नारायण शाहको जन्मदिन पौष २७ गते अष्ट्रेलियामा पनि संझना गरिएको छ । अष्ट्रेलियाका सिड्नीको अवर्न पार्कमा नेपालीहरुको उपस्थिति सहित पृथ्वी जयन्ती मनाइएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पृथ्वीजयन्ती को सम्झना गर्दै अष्ट्रेलियाका नेपाली ।
https://successedu.com.au/
E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पृथ्वीजयन्ती को सम्झना गर्दै अष्ट्रेलियाका नेपाली ।
सिड्निको अवर्न पार्कमा पृथ्वी जयन्ती मनाउदै ।

त्यसैगरि क्यानबेराका नेपालीहरु मिलेर पनि पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्ती मनाउन प्रेम थापाको संयोजकत्वमा समिति गठन भएको थियो भने आदर्शजंग पाण्डे सदस्य सचिव रहनुभएको थियो । कार्यक्रममा सदस्य सचिव प्रेम थापाले सबैलाइ स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै डा कृष्ण हमालले सबै नेपालीहरु मीले मात्र चाहेका सबै काम गर्न सकिने र नेपाली एकजुट हुदा बन्न नसक्ने कामहरु पनि हुने हुनाले सबै संघ संस्था एकजुट हुनुपर्ने कुरा बताउनुभएको थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पृथ्वीजयन्ती को सम्झना गर्दै अष्ट्रेलियाका नेपाली ।
क्यानबेरामा पृथ्वी जयन्ती मनाएपछिको सामूहिक फोटो ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष अशोक बस्नेत, सनातन समाजका अध्यक्ष सन्तोष मल्ल, एनआरएनएका पूर्व उपाध्यक्ष राजन ढुंगेल र चुडामणी सापकोटा सहित नेपाली दुताबास क्यानबेराबाट यादव कोइरालाले पृथ्वी नारायण शाहको योगदानका बारेमा चर्चा गर्नुभएको थियो भने अन्य थुप्रै ब्यक्ति र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाठशालाका छात्रा छात्रहरुले नेपाल र अष्ट्रेलियाको राष्ट्रीय गान गाएका थिए ।

कार्यक्रमको समापन गर्दै आगन्तुक सबैलाइ सदस्य सचिव आदर्शजंग पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने ममता घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Total Page Visits: 551 - Today Page Visits: 1
Shares