रत्ननगर । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिए ।
त्यसपछि विभिन्न नम्बरबाट फोन गरी रु तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
पीडितबाट उजुरी परेपछि सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
हाम्राकुरा डट कम
फोटो : गुगल![[Tags] 7A680D35-9E40-4E85-9E71-863BC729292C-300x220 सावधान ! अश्लील भीडीयो बनाउलान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/7A680D35-9E40-4E85-9E71-863BC729292C.jpeg?resize=300%2C220&ssl=1)