IMG_9828-300x300 को रह्यो त नेपाल आइडल सिजन ५ बिजेता ? हेर्नुहोस पुरा समाचार ।

अन्तत यस बर्षको नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जित्नुभएको छ । चप्पल र मोज़ा लाएर अडिसन दिन आउनुभएका करण परियारको स्वरमा भएकै जादुको कारण नेपाल आइडल सिजन ५को उपाधी चुम्न सफल हुनुभएको हो । बर्दियाका परियाले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जित्नुभएको हो । परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गर्नुभएको छ ।

IMG_9828-300x300 को रह्यो त नेपाल आइडल सिजन ५ बिजेता ? हेर्नुहोस पुरा समाचार ।

त्यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा हुनुभएको छ । गुरुङले १० लाख नगद र ट्रफी पाउनुभएको छ भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका पार्नुभएको हो । विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गर्नुभएको थियो ।

एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए।

IMG_9828-300x300 को रह्यो त नेपाल आइडल सिजन ५ बिजेता ? हेर्नुहोस पुरा समाचार ।

पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी  रहनुभएको थियो । उहॉंहरुले  देशभरिबाट अडिशनमार्फत नयाँ प्रतिभाको खोजी गर्नुभएको हो। नेपाल आइडल सिजन ५ का लागि झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरा र काठमाडौंमा अडिशन भएको थियो। 

त्यस्तै डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। यसअघि बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर नेपाल आइडल भइसक्नु भएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares