नेपाली चलचित्र क्षेत्रले फरक स्वादका चलचित्र पस्कने क्रम जारी छ । एकपछि अर्को सफल चलचित्र बजारमा आइरहदॉं फेरि अर्को उत्कृष्ट कथा बोकेको चलचित्र पूर्ण बहादुरको सारङ्गी प्रदर्शनमा आएको छ । नेपालमा चलचित्र प्रदर्शनमा आए संगै अष्ट्रेलिया र राजधानी क्यानबेरामा पनि एकैसाथ प्रदर्शनमा आउने भएको हो ।
आफ्नो सन्तानको उज्ज्वल भविष्यका निम्ति अभिभावकले कतिसम्म संघर्ष गर्छन् ? आफ्नो चोट र व्यथा लुकाएर छोराछोरीका लागि बाबुआमाले कतिसम्म त्याग र तपस्या गर्छन् ? यही नै चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को कथा हो ।आमाको रहर छोरालाई पढाउने हुन्छ, तर बाबुको गच्छेले भ्याउँदैन । त्यसैले पूर्णबहादुर गन्धर्व छोरालाई आफूसँगै गाउँगाउँ लैजान्छ, सारङ्गी रेट्न र सिकाउन । बाटुलीलाई तिलहरी लगाउने औधी रहर छ, तर पूर्णबहादुरले किन्दिन सक्दैन ।
एकातिर छोरालाई पढाउन नसक्ने र अर्कोतिर एउटा तिलहरीसम्म किन्दिन नसक्ने श्रीमान्सँग कसरी बस्ने भन्दै बाटुली हर्केसँग भाग्छे । घटनाक्रमले छोरालाई पढाउनुपर्छ भन्ने इख पूर्णबहादुरमा जन्माइदिन्छ । त्यसपछि छोरालाई पढाउन पूर्णबहादुरले गरेको संघर्ष र यसमा आउने आरोह–अवरोह नै ‘पूर्ण बहादुरको सारङ्गी’को कथा हो ।
चलचित्रको कथा सरोज पौडेलको रहेको छ भने पटकथा
महेश दवाडीतो रहेको छ । चलचित्रमा कलाकारहरु विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, प्रकाश सपूतको कला देख्न पाइन्छ भने चलचित्रलाइ सरोज पौडेलले निर्देशन गर्नुभएको छ । निर्माता विनोद पौडेल/प्याट्रिक सुवेदी रहनुभएको छ । चलचित्रलाइ सभेन सिज र बाँसुरी फ़िल्मस्टार निर्माण गरेका हुन ।
क्यानबेराका लागी चलचित्र प्रदर्शन “हामी दाजुभाइ” समूहले लिएको छ भने Golden moment Event Centre ले प्रदर्शनमा मुख्य सहयोग गरेको छ । त्यस्तै power by मा Starlink mortgage & finance रहेको छ ।
Movie schedule :
Date : Friday 8th November 2024
Time : 6:30 pm
Venue : limelight cinema tuggeranong
![[Tags] IMG_7065-1-1024x350 कस्तो बज्ला “पूर्ण बहादुरको सारङ्गी” क्यानबेरामा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7064.jpeg?resize=640%2C905&ssl=1)
![[Tags] IMG_7065-1-1024x350 कस्तो बज्ला “पूर्ण बहादुरको सारङ्गी” क्यानबेरामा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_7065-1-1024x350 कस्तो बज्ला “पूर्ण बहादुरको सारङ्गी” क्यानबेरामा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=640%2C401&ssl=1)