लेखक : मनऋषि धिताल

4FE70310-DC56-4379-A08D-5629C61018A6 पृय काउरा : हृदयमा कुदिएको सुन्दर गॉंउ ।
https://successedu.com.au/

अस्ट्रेलियाको न्यु साउथ वेल्समा पर्ने काउरा गाउ मलाइ निकै मन पर्छ . सन् २०१८ को मार्च २४मा नेपाली , अस्ट्रेलियन र बहुरास्ट्रीयसमुदायको सागर बीच म त्यहा पुगेको थिए . 

यो गाउले हरेक बर्ष मनाउने अन्तरास्ट्रिय मित्रता उत्सवमा फरक फरक देशलाइ पाउनाका रुपमा चयन गर्ने गर्दछ . त्यो बर्ष नेपाल पाउनादेश थियो . ग्रेट वेस्टर्न हाइ वे र मिड वेस्टर्न हाइ वे हुदै बाथार्ट छोएर जादा सिड्नीबाट झन्डै तिन सय नौ किलोमिटर टाढा पर्ने यो गाउपुग्न आफै रमाइलोसंग ड्राइव गर्दा साढे चार घण्टा लाग्छ . 

तपाइँ आफ्नो/आफ्नी प्रियजनसंग हुनुहुन्छ भने यो आते जाते नौ घण्टाको यात्रा नौ मिनेटको जस्तै लाग्नेछ . मैले पनि मेरी प्रियासंग योगाउको यात्रा गरेको छु , जुन निकै स्मरणीय छ यो जिन्दगीभरका लागि . हामी नेपालका गाउमा जन्मी हुर्केकाहरुकालागि शहरबाट परयति सुन्दर ठाउमा आफ्ना सहृदयीहरु संग्गसंगै घुमफिर गर्नु अनुपम हुन्छ . 

आज पाच  बर्ष बित्यो यो गाउसंग मितेरी लगाएको , हृदयमा कुदिएको सुन्दर यो गाउ  प्रतिको  प्रेम सदा अमिट रहनेछ . यो गाउको कोहिस्थाई बासिन्दासंग परिचय भएको स्मरण छैन तर पनि मेरा प्रियजनहरुलाई सवारी चालक अनुमति पत्र प्राप्त गर्न सल्लाह माग्दासम्पर्कमा आएका यो गाउका सवारी चालक ग्रामीण प्रशिक्षकहरु भने मेरो स्मरणमा छन् . सिड्नीबाट त्यहा कोहि सवारी चालक अनुमतिपत्र लिन चाहनु हुन्छ भने म ती सहृदयी मित्रहरुसंग टाढै भए पनि अहिले समेत भेटघाट गराइदिने छु।  हुनत अब कोभिड रेस्ट्रिक्सननभएकाले उति टाढा जाने कस्ट गर्नु नपर्ला।  

सवारी चालक मात्रै होइन त्यहाको हरेक कोहिले भन्छन – हामी “कन्ट्री म्यान” हरुले पाहुनालाइ सत्कार गर्दछौ, माया गर्छौ  . उनीहरुसाच्चै हामि जस्तै सहृदयी  “कन्ट्री म्यान” वा गाउले  छन् . एक पटक फुर्सद हुने मित्रहरु काउरा जानुस र यो गाउने हाम्रो देशलाइसम्झेको जुनी जुनी सम्म बिर्सेका छैनौ र बिर्सिने छैनौ  भनिदिनुस . 

त्यो बर्ष त्यो सहर कति सुन्दर ! नेपालको एक टुक्रा बनेको थियो – सिंगारिएर . मायालु बालबालिकाहरु पेंटिंग कागजको ढाका टोपीलगाएर चिटिक्क पाल्पाली बनेका थिए . स्कूलका आगनमा गुराँस फुलेका थिए, नजिकै डाफेहरु नाच्दै थिए, मुनाल गाउदै थिए . काउरानेपाल नेपाल थियो. हिमाल त्यहाँ पो उभिएका थिए, हिमालमा चौरी चर्दै गरेका चित्र गाउका भित्तामा कुदिएका थिए . नेपालको रास्ट्रीयगान  गाउदै त्यो सानो सहर गुन्जेको थियो . पाच बर्ष अघिको आजको दिन निकै सुन्दर थियो.  

त्यसपछि मैले हरेक बर्ष यो कबिता दोहोर्यौउछु र अस्ट्रेलियाको  प्रिय गाउ काउराका स्मृति ताजा बनाउछु .

पृय काउरा 

पाच   बर्ष भो 

हामि छुट्टियेको 

ओइलायो होला गुरास 

दुर पर्बत मालामा 

तर कलिला  हृदयमा 

फुलेको राताम्य गुरास 

झन फक्रेको छ 

काउराको फराकिलो छातिमा .

ह्रुदयको गहिरो भागमा 

सप्रेम साचेको मेरो स्वाभिमानको झन्डा 

काउराका पृय आफन्तको फराकिलो मनमा 

झन सम्मानित भयेर 

सगरमाथा जस्तै उभियेको छ । 

पृय काउरा !

तिमि पनि त  कोमल कमल भयेर 

मेरो  निस्छल हृदयमा  

ढकमक्क फुलेकि छौ 

तिमिले स्थापित गरेको 

भातृत्वको स्तम्भ 

मेरो मस्तिष्कमा 

अडिग आमिट भयेर उभियेको छ ।

पृय काउरा! 

मेरो मनमा कङारु 

तिम्रो मनमा कस्तुरि 

मेरो अङालोमा इमो 

तिम्रो काखमा डान्फे

आउ नाचौ फेरि इन्द्रेणि आगनमा 

हाम्रो साझा मयुर सपनासङै 

आउ काउरा ! 

उज्यालो शान्त प्रेमिल  भबिस्य सङ्सङै बुनौ ।

Total Page Visits: 685 - Today Page Visits: 1
Shares