हामी कन्सर्ट भन्ने बित्तिकै गीत संगीत भनेर बुझ्छौं तर हिजोआज कन्सर्ट कवितामा पनि हुन थालेको छ । कबितालाइ पनि कन्सर्ट बनाउन सकिन्छ भनेर भित्राउने श्रेय भने कवि नवराज पराजुलीलाइ जान्छ । हो उनै कविको कविता कन्सर्ट क्यानबेरामा पनि हुने भएको छ ।
नेपाली कवितालाइ संगीत थपेर श्रोताहरुलाइ मन्त्र मुग्ध बनाएर भन्न सक्ने बिशेष कला भएका कवि नवराज पराजुलीको कविता कन्सर्ट यसै हप्ता क्यानबेरामा हुने भएको छ । परदेशी इभेन्ट्सको आयोजनामा हुन लागेको कविता कन्सर्टमा कवि नवराज पराजुलीलाइ साथ दिनुहोस रिदम कणेंल पनि हुनुहुनेछ । बि एण्ड बि होम लोनको मुख्य प्रायोजनमा हुन लागेको कन्सर्टलाइ सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले प्लाटिनम स्पोन्सरकोलरुपमा सहयोग गरेको छ भने सिल्भर स्पोन्सरको रुपमा ग्रेस इन्टरनेशनल रहेको छ ।
मानवी कलेक्सनको पावरवाइ रहेको कार्यक्रम १५ सेप्टेम्वर २०२३ शुक्रवारका दिन दि हंग्री बुद्ध नेपलिज कुजीनमा हुनेछ । कार्यक्रमों प्रवेश सुल्क $४५ राखिएको छ भने उक्त शुल्कमा कवि पराजुलीद्वारा लिखित पुस्तक सगरमाथाको गहिराइ र डिनर प्रदान गरिने कुरा आयोजक संस्थाका बासु चापागाइले हामीलाइ बताउनुभएको छ । कार्यक्रममा १२ बर्ष भन्दा माथि उमेर समूहलाइ सुल्क लाग्ने कुरा आयोजकले जनाएको छ । कार्यक्रमलाइ RK Home Loan, Tilicho Consulting Group, Extratech Canberra, Right And Associates र Canberra Grocery Store ले सहयोग गरेका छन् । कार्यक्रमका बारेमा थप सम्पर्क गर्न बासु चापागाइ, राजीव सापकोटा र किशोर भण्डारीलाइ गर्न सक्नुहुनेछ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 क्यानबेरामा हुदै कविता कन्सर्ट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/09/IMG_8049.jpeg?resize=214%2C300&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 क्यानबेरामा हुदै कविता कन्सर्ट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=300%2C134&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 क्यानबेरामा हुदै कविता कन्सर्ट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/09/WhatsApp-Image-2023-09-05-at-12.54.33-AM.jpeg?resize=300%2C111&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6-300x38 क्यानबेरामा हुदै कविता कन्सर्ट ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)