ढाका टोपि इभेन्ट्सको आयोजनामा क्यानबेरामा तीज धमाका कार्यक्रम हुने भएको छ । नेपाली कार्यक्रमहरुलाइ दर्शकमाझ पुर्याउन, नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्न र भावि पुस्तालाइ नेपाली कला र संस्कृति हस्तान्तरण गर्नका लागी आफूहरुले ढाकाटोपिइभेन्ट्स खोलेको बताउनुभयो । त्यसो त बिक्रम शर्मा ऑंफैपनि लोक गायक हुनुहुन्छ उहॉंका लोक गीतका एल्वमहरु बजारमा उपलब्धछन् । नेपाली कला र कलाकारलाइ सम्मान गर्नका लागी खुलेको ढाका टोपि इभेन्ट्सले भोलिका दिनमा अझै बिशेष रुपमा सक्रिय भएरलाग्ने प्रयास गर्ने जनाएको छ ।
नेपाली लोक गायन श्रेत्रका प्रभावशाली ब्यक्ति लोकगायक पशुपति शर्मा र लोक गायीका कला लम्साल उपस्थित हुने कार्यक्रम भब्यहुने आयोजक बिक्रम शर्माले हामीलाइ जानकारी दिनुभएको छ । साथै क्यानबेराका स्थानिय कलाकारहरुले पनि कार्यक्रममा आफनाप्रतिभा प्रस्तुत गर्नेछन् । संस्थाले अष्ट्रेलिया भ्रमणमा रहनुभएका बुवा आमाहरुलाइ र १० बर्ष भन्दा साना बाल बालिकाहरुलाइ निशुल्कप्रवेशको ब्यवस्था गरेको छ । Home Lone Square र Merit Education and Visa Service को संयुक्त प्रस्तुतिमा आयोजनाहुने तीज धमाका कार्यक्रमलाइ ABM Homes र Golden Moment Evebt center ले प्रायोजन गरेका छन् ।
कार्यक्रममा लक्कि ड्र को पनि ब्यवस्था गरिएको छ । आयोजकले सबैजनालाइ टिकट सुरक्षित राख्न अनुरोध गर्दै Traditional Curve बाट $३७५ बराबरको उपहार प्रदान हुने जनाएको छ । कार्यक्रम आइतबार १० सेप्टेम्वर २०२३ का दिन क्लव हाउसन्याराबुण्डामा सॉंझ ५ बजेदेखि १० बजे सम्म हुनेछ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 हराएको लौरि खोज्न क्यानबेरा आउदै गायक पशुपति शर्मा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/09/IMG_7970.jpeg?resize=212%2C300&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 हराएको लौरि खोज्न क्यानबेरा आउदै गायक पशुपति शर्मा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 हराएको लौरि खोज्न क्यानबेरा आउदै गायक पशुपति शर्मा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=640%2C286&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 हराएको लौरि खोज्न क्यानबेरा आउदै गायक पशुपति शर्मा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)