अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीजको लहर आउन सुरु भएको छ । जहॉं जहॉं नेपाली पुगेका छन् त्यहॉं त्यहॉं आफनो संस्कृति मनाउने क्रम चलिरहेकै छ । नेपालबाट कलाकार बोलाएर होस या स्थानिय कलाकारलाइ संझेर होस जे होस कलाकारसंग चाड पर्व चलिरहेकै छन् । यस बर्ष पनि गायीका मेलिना राइसंग क्यानेबराले तिज मनाउने भएको छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 तीजको लहर आयो बरिलै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=640%2C360&ssl=1)
अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटि र एनआरएनए एसिटिको संयुक्त आयोजनामा गरिने पारिवारिक तीज कार्यक्रममा सहभागी हुनका लागी एएनएफएसका सदस्यहरुले प्रबेश शुल्क बापत प्रति ब्यक्ति $२० तिर्नुपर्ने छ भने सदस्य नहुनेहरुले प्रति ब्यक्ति $३० तोकिएको छ । कार्यक्रममा १२ बर्ष भन्दा साना बाल बालिकाहरुलाइ निशुल्क प्रबेश गको ब्यवस्था गरिएको छ ।
कार्यक्रम ९ सेप्टेम्वर २०२३ सनिबारका दिन सॉंझ ५ बजेबाट क्यानबेरा क्लव हाउस नाराबुण्डामा हुनेछ । आयोजक संस्था एएनएफएसका अध्यक्ष आशिष देवकोटाले पाठशालाका बालाबिलकाहरुबाट बिशेष प्रस्तुति रहने कुरा बतॉंउदै यहिं जन्मे हुर्केका नेपाली बाल बालिकाहरुले हाम्रा चाड पर्वका बारेमा केहि सिकुन भनेर पनि उनिहरुलाइ जोड्ने कोशिस गरेको जानकारी दिनुभयो । हामीले कार्यक्रममा प्रस्तुतिका लागी सबैलाइ आग्रह गरेका छौं ज जसले नाम दर्ता गर्नुभएको छ उहॉंहरुको पनि प्रस्तुति रहने छ । गायीका मेलामा राइ सहित स्थानिय कलाकारको बिशेष प्रस्तुति रहने कुरा पनि अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 तीजको लहर आयो बरिलै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7955.jpeg?resize=640%2C576&ssl=1)
कार्यक्रमलाइ सफल बनाउन सक्केस एजुकेशन एण्ड भीजा सर्भिसले मुख्य प्रायोजन गरेको छ भने सिल्भर स्पोन्सर G1 Home Builders रहेको छ । जनरल स्पोन्सरहरुमा जेबी माइग्रेसन एण्ड भिजा सर्भिस, गीतान्जली ज्वेलर्स, अजी फाइनान्स एण्ड होम लोन, बेटर चोइस मोर्गेज फाइनान्स, क्यापेबल माइग्रेसन एण्ड एजुकेशन, ग्रेस इन्टरनेशनल र ट्रेडिसनल कर्भ रहेका छन् ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 तीजको लहर आयो बरिलै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 तीजको लहर आयो बरिलै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=640%2C286&ssl=1)