4FE70310-DC56-4379-A08D-5629C61018A6 “बादल पारिको देशबाट” राजु लामा आउदैं ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालीहरु बढे संगै नेपाली कार्यक्रमहरु पनि एकपछि अर्को निरन्तर रुपमा भइरहेका छन् । यस्तै गीत संगीतका कार्यक्रमहरुकै बिच नेपाली लोक पप संगीतका सदाबहार गायक राजु लामा सहित मंगोलियन हर्ट ब्याण्ड १० बर्षको अन्तरालपछि अष्ट्रेलिया सहित क्यानबेरा आउने भएको छ । नतानु त तानु लाग्ने, बादल पारिको देशबाट, सायद तिम्रो बाटोमा, हल्ला चलेछ र तिमीलाइ देखेर जस्ता लोकप्रिय गीतहरुका गायक लामा मंगोलियट हर्ट ब्याण्डका गायक हुनुहुन्छ ।

कार्यक्रम 8848 entertainment को प्रस्तुतिमा हुन लागेको हो । यस 8848 entertainment ले पहिलो कार्यक्रम क्यानबेरामा नेपथ्यको कन्सर्ट पहिलो पटक गरेको थियो । जुन भब्य रुपमा सफल भएको थियो । एकपछि अर्को सफल कार्यक्रम दिने योजनाका साथ लागीरहेको 8848 ले राजु लामाको कार्यक्रम पछि पनि यस्तै बिशेष कार्यक्रमहरु ल्याउने योजना रहेको कुरा आयोजक गिनिज गुरुगंले बताउनुभएको छ । कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस रहेको छ । गोल्ड स्पोन्सरमा key 2 learning college र प्लाटिनम स्पोन्सरमा Aussie finance and home Loan रहेको छ । कार्यक्रम 16 April को दिन 235 Narrabundah LN Symonston मा सॉंझ ६ बजेबाट हुनेछ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 “बादल पारिको देशबाट” राजु लामा आउदैं ।

Total Page Visits: - Today Page Visits:
Shares