![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 जितको खुसी । नेपाल एसिया कप क्रिकेट खेल्ने निश्चित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ। आज नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसिया कपको लागि छनौट भएको हो।
एसिया कपमा नेपालले अव भारत र पाकिस्तानसँग खेल्ने छ। नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाउन सफल भएको हो। एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ। समूह ए मा नेपाल ,भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
आज यूएई विरुद्ध जितको लागि १ सय १८ रनको झिनो लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
यो उपाधिसँगै एसियाली क्रिकेटका महारथी राष्ट्रहरूले खेल्ने एसिया कपमा नेपालले पहिलो पटक प्रवेश पाएको हो।
त्यसमाथि एशोसिएट राष्ट्र नेपालले भारत र पाकिस्तान जस्तो टेष्ट मान्यता प्राप्त टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि सानो उपलब्धि हुने छैन।
एसिया कप यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। एसिया कपको यो १६ औं संस्करण एकदिवसीय फर्म्याट (५०ओभर) मा खेल हुनेछ ।
कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भइसकेका छन्। अब यस एसीसी प्रिमियर कपबाट विजेता एक टिम एसिया कपमा छनोट हुनेछ।
यस बाहेक फाइनलमा पुगेसँगै नेपाल यसै वर्ष हुने एसीसी इमर्जिङ टिम एसिया कपका लागि पनि छनोट भइसकेको छ।इमर्जिङ टिम एसिया कपमा एसियाका पाँच टेष्ट खेल्ने राष्ट्रका ए टिमले खेल्नेछन्।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 जितको खुसी । नेपाल एसिया कप क्रिकेट खेल्ने निश्चित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_6112.jpeg?resize=640%2C843&ssl=1)