4FE70310-DC56-4379-A08D-5629C61018A6 बिर गोर्खाली खोज्दै मन्त्र ब्याण्ड आउने ।

नेपाली सॉंगीतिक आकाशमा आफनै छुट्टै जादु छर्न सफल ब्याण्ड मन्त्रले अष्ट्रेलियाको राजधानी क्यानबेरा आउन लागेको हो । 8848 entertainment ले ल्याउन लागेको मन्त्र ब्याण्डको कार्यक्रम ANU को CAMBRI Hall मा २० में सनिवारका दिन सॉंझ ७ बजेबाट हुनेछ ।

मन्त्र ब्याण्डले आफ्ना चर्चित गीत सुनाएर दर्शकलाइ मनोरन्जन दिने छ । रक एण्ड रोल’ संगीतमा निकै लोकप्रिय ब्यान्डको “वीर गोर्खाली…”, “एकान्तमा”, “संस्कृति”, “हिमाली नेपाली” तिम्रै निम्ति, सपना, रिमझिम रिमझिम पानी, तर हुरुरु पानी पर्छ लगायतका गीतहरु यूवाहरु माझ चर्चीत छन् ।

8848 entertainment क्यानबेरामा मनोरन्जन सहित अन्य कार्यक्रमहरु गर्नेको लागी खोलिएको संस्था हो । यसले नेपथ्य ब्याण्ड र गायक राजु लामा को भब्य सॉंगितिक कार्यक्रम गरिसकेको छ भने अन्य थुप्रै कार्यक्रमहरु गर्ने योजना रहेको गिनिज गुरुगंले बताउनुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 बिर गोर्खाली खोज्दै मन्त्र ब्याण्ड आउने ।

Total Page Visits: - Today Page Visits:
Shares