4FE70310-DC56-4379-A08D-5629C61018A6 कम्यूनिटि सेन्टर पहिलो प्राथमिकता : नव निर्बाचित अध्यक्ष अनिल पोखरेल

एनआरएनए एसिटिले आफनो दुइबर्ष कार्यकाल (२०२१-२०२३) को सुखद अन्त्य संगै मिट एण्ड ग्रिट कार्यक्रम गरेको छ । पहिलो पटक नेपाल फेष्टिवल समेत गर्न सफल संयोजक अशोक बस्नेतले बिशेषत यो बारबिक्यू सबै जनालाइ भेटघाटको अवसर जुराउने उद्धेश्यले गरिएको जानकारी दिनुभएको छ । यसै अवसरमा एनआरएनए एसिटिले निर्वाचन सफल गराउन संयोजक जिवन रानाको टोलिलाइ सम्मान गरेको थियो । बस्नेतले भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित नयॉं कार्य समिति (२०२३-२०२५) लाइ बधाइ तथा शुभकामना दिन र सबैजना भेटघाटको अवसरका लागी मिट एण्ड ग्रिट गरेको बताउनुभयो ।

यो ठॉंउमा बिज्ञापनका लागी सम्पर्क गर्नुहोस : 0449944705

यसै कार्यक्रमका लागी अष्ट्रेलिया एनआरएनएका नव निर्वाचित अध्यक्ष अनिल पोखरेलको पनि उपस्थिति रहेको थियो । यसैबिचमा हामीले तपॉंइको समूहलाइ मत दिएर जिताउने मतदाताहरुलाइ प्रमाणित गर्ने योजनाहरु के के छन् भनेर सोधेका थियौ उहॉंले हामीले यति धेरै नेपालीहरु भएर पनि लोकल लेभल र स्टेट लेभलमा हाम्रो पहुँच पुर्याउनु पर्ने छ । नेपाल र अष्ट्रेलियाको मन्त्री स्तरिय भेटघाटका सम्वन्धमा थप पहल गर्न जरुरी रहेको छ त्यस्तै हाम्रो नेपाली समाज धेरै बढिरहेको छ तर हामीले अष्ट्रेलियालाइ दिए बापत केहि लिन सकेका छैनौं त्यसतर्फ आफनो समूह लाग्ने बताउदै नेटवर्क संयन्त्र लाइ मजबुत बनाउने योजना रहेको बताउनुभयो । पोखरेलले बिध्यार्थीका समस्या तर्फ ध्यानदिनु पर्ने बताउदै बिध्यार्थी समस्या संग संगै हिडेर काम गर्नु छ र सबैभन्दा महत्वपूर्ण कुरा कम्यूनिटी सेन्टर बनाउने पहल मुख्य योजना रहेको पनि बताउनुभयो । उहॉंले दोस्रो पुस्तालाइ नेपालसंग जेड्नका लागी पनि के गर्न सकिन्छ भनेर काम गर्नु छ यसका लागी आफनो टिममा यूवा पुस्ता र क्षमताबान रहेकाले पनि आफुले आफनो टिमबाट धेरै आशा राखेको बताउनुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 कम्यूनिटि सेन्टर पहिलो प्राथमिकता : नव निर्बाचित अध्यक्ष अनिल पोखरेल

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एसिटिका नव निर्वाचित संयोजक बिक्रम सुबेदिले आफनो मुख्य एजेन्डा एकीकृत समाज एक आवाज रहेको बताउदै नेपाली समाज यति ठुलो हुदा हुदै पनि आफनो आवाज क्यानबेरा सरकार समक्ष पुर्याउन नकसेको हुनाले अव सबै संघ संस्था एकजुट भएर सम्पूर्ण नेपालीका पक्षमा कामगर्नु आफनो लक्ष्य रहेको र अव सबै सामाजिक संघ संस्थालाइ एकै ठॉंउमा बसेर काम गर्ने वाताबरण बनाउन आफु लागी पर्ने बताउनुभएको छ । सुबेदिले
दोस्रो पुस्तालाइ के देखाउने भन्ने मुख्य कुरो रहेको र सबै मिल्यौं भने हामीले पहल गरेर एसिटि सरकारसंग अनुरोध गरेर नेपाली भाषालाइ पनि यहॉं स्कुलमा राख्न पहल गर्ने जानकारी दिनुभएको छ ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका निवर्तमान महासचिव राजु अधिकारी सहित नव निर्वाचित एनआरएनए एसिटिका पदाधिकारीहरु। पूर्व सदस्यहरु, बिभिन्न संघ संस्थागत प्रतिनिधिहरु, समाजसेबिहरु डा कृष्ण हमाल, डा दुर्गादत्त कणेंल, जीवन राना, आदर्शजंग पाण्डे, चुडामणी सापकोटा, हेमन्त काफ्ले, डिल्लि ढकाल लगाएत झण्डै दुइसय नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम एरबि पोण्ड गंगालिनमा दिनको १ बजेदेखि ५ बजेसम्म भएको थियो ।

Total Page Visits: 424 - Today Page Visits: 2
Shares