4FE70310-DC56-4379-A08D-5629C61018A6 श्रीकृष्ण जन्माष्टमीमा लाख बत्ति तथा बिविध कार्यक्रम हुदै ।

सनातन समाज अष्ट्रेलियाको आयोजनामा हिन्दुहरुका आस्था भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर एक लाख बत्ति तथा बिविध धार्मिक कार्यक्रम गरिने भएको छ । नेपाली तथा हिन्दुहरुका संख्या बढ्दै गएपछि धार्मिक कार्यक्रमहरु पनि बिस्तार बढ्दै छन् । धर्म संस्कृतिले मानिसहरुलाइ एकै ठॉंउमा जोड्न मद्धत गर्दछ । कार्यक्रममा कृष्ण झुला, कृष्ण पुजा, डंडि नाच, नाटक, भजन किर्तन, झांकि सहित भोजनको ब्यवस्था गरिएको छ । त्यस्तै बावबाल्काहरुलाइ कृष्ण भगवान सम्वन्धि प्रस्नोत्तर गरिनेछ भने यूवा तथा प्रौढहरुले पनि यसमा भाग लिन सक्नेछन् ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 श्रीकृष्ण जन्माष्टमीमा लाख बत्ति तथा बिविध कार्यक्रम हुदै ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 श्रीकृष्ण जन्माष्टमीमा लाख बत्ति तथा बिविध कार्यक्रम हुदै ।

श्रीकृष्ण जन्माष्टमी महोत्सव बुधबार ६ सेप्टेम्वर २०२३ दिनको ४ बजेदेखि राती १० बजेसम्म ग्रेहाउण्ड रेसिंग क्लव न्याराबुण्डामा हुनेछ । आयोजक संस्थाले आरतिमा बत्ति समाबेस हुन चाहने सबैलाइ नाम दर्ता गरि आफनो स्थान सुरक्षित गर्न अनुरोध गरेको छ यसका लागी बासु ढकाललाइ 0410683450 मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै स्वंयंसेवाका लागी इच्छुक ब्यक्तिहरुले बिनोद नेपाल 0423962825 र सन्तोष मल्ललाइ 0433677022 मा सम्पर्क गर्न सकिनेछ । संस्थाका अध्यक्ष सन्तोष मल्लले यस बर्ष भगवान श्री कृष्णको जन्म बुधबार भएको र यस बर्ष बुधबारनै परेको हुनाले सबैकुरा मीलेको बिशेष अवसर पारेर लाख बत्ति बाल्न लागेका हौं । यसमा सबैजना आएर सहयोग गरि महोत्सव भब बनाइदिनु हुनेछ भन्ने आशा लिएको छु मल्लले अनुरोध गर्नुभएको छ ।

कार्यक्रम
Time : 4-10 pm
Date: Wednesday 6 September 2023
Place : Greyhound Racing Club Narrabundah

4FE70310-DC56-4379-A08D-5629C61018A6 श्रीकृष्ण जन्माष्टमीमा लाख बत्ति तथा बिविध कार्यक्रम हुदै ।

Total Page Visits: 572 - Today Page Visits: 1
Shares