E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

 

अरेली कॉंडैले मलाइ च्वास्सै च्वास्सै गीत बजिरहेका छ, महिलाहरु कम्मर भॉंचेर नॉंचिरहेका छन् । पछाडीबाट आवाज कानमा पर्यो यो गीत त रत्यौली जस्तो छ तीजको गीत पनि यस्तो हुन्छ र ? सॉंच्चै यो गीत राम्रोसंग सुन्नुहोस त के बुझ्नु हुन्छ ? खयर गीत रत्यौली होस कि तीजको महिलाहरुको नॉंच रोकिएका छैन बढ्ने क्रममा छ । सॉंझ तीजमय बनेको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

अष्ट्रेलियामा नेपाली बढेसंगै चाडपर्व, धर्म संस्कृति र अन्य कुराहरुमा मानिसहरुको चासो बढ्दै गएको देखिन्छ । अष्ट्रेलियामा धेरैजना सिफ्ट वर्क गर्ने भएर पनि दिदि बहिनिहरु एउटा सिफ्ट काम सकेर आउने र पुजा आजा गर्न जाने क्रम चलिरहेको छ । संगसंगै नेपालबाट छोरी छोरी भेट्न आउनुभएका आमाहरु पनि गीत गाउदै नाचिरहनु भएको छ जो बर्षौंदेखि हाम्रो संस्कृति बनेर मनको कुनामा बसेको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

बिदेशमा मौलिक गीतहरु गाएर नॉंच्ने भनेको आमाहरु संगै भए मात्रै हो नत्र यहॉं रहेका छोरी बुहारीहरु ऑंफैले गीत गाएर नॉंच्न गार्हो छ तर टिभिमा लगाएर होस या मोबाइलबाट स्पिकरबाट लगाएर होस तीजमा नॉंच्ने क्रम चलिरहेकै छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीज पुजा गर्न उपस्थित महिलाहरुलाइ हामीले सोधेका थियौं पहिलेको अर्ग्यानिक तिज र अहिलेको धेरै बनावटी तीज देख्दा कस्तो लाग्छ ?

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

कृष्णाष्टमी भन्दा पछाडी मात्रै तीज हो त्यसपछि मात्रै तीजमा जान्छु । गीत भनेको दिदि बहिनि रमाइलो गर्ने हो नाकि गहना देखाउने । धेरै कार्यक्रम हुदा हामीलाइ गार्हो हुन्छ यहॉंको काम घर ले गर्दा सहज हुदैन । तीज हाम्रो परम्परा हो परम्परालाइ कायम राख्दै तीज मनाउन गोमा उप्रीको सुझाव थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

तीज रमाइलोको हिसावले लिने हो अहिले पहिलो भन्दा बढि दर खाने राती उठेर खाने हुन्थे अहिले पार्टि हुन थाले तर पनि सबैको स्वतन्त्रताको सम्मान गर्नै पर्यो । कसैलाइ यसो नगर उसो नगर भन्नु भएन जसले जे गरेपनि मान्दिन पर्यो तर त्यो भन्दैमा आफनो संस्कृति नबिर्सन मीरा ढुंगेलको सुझाव थियो ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

हरेक कुराको पहिला जस्तो छैन बिकृति बढ्दै गइरहेको छ । तर यहॉं सबैकुरा उताको जस्तै गर्न पनि गार्हो छ । तर पनि मुख्य आफनो कर्तब्य भुल्न भएन सुनी कार्कीको भनाइ थियो । आफुहरु तीजमा केहि नखाएर बस्न सके राम्रो तर अहिले सबैको आफनो स्वतन्त्रता छ । त्यहॉं सम्म नपुगेर तीजलाइ तीजसस्तै बनाउन सके राम्रो भन्दै हुनुहुन्थ्यो पुजा बराल ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

हाम्रीले एकजना ८६ बर्ष आमाले भेट्यौ र आमालाइ सोधेका थियौं । आमाले आफना बेलामा जवर्जस्ति हुन्थ्यो मन लागे पनि नलागे पनि सासुको कर हुन्थ्यो तर अहिले सबै बदलियो बुहारीहरु छोरी जस्तै भए शुख छ अहिले । हामीलाइ दुख थियो बर्षभरिको दुख साट्न गइन्थ्यो साथिहरु आउथें तर अहिले समय बदलिएको आमाको अनुभव छ । अझै अष्ट्रेलिया आएर हेर्दा त यहॉं झनै फरक छ । बिकसित देशको कुरा बेग्लै ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

सनातन समाज अष्ट्रेलियाले आयोजना गरेको तीज गत बर्ष पनि यहि हलमा भएको थियो राम्रो उपस्थिति रहेको थियो यस बर्ष पनि राम्रो उपस्थिति रह्यो अष्ट्रेलिया हामीले यसैगरि हाम्रो संस्कृति सम्झन सक्यौं भनेपनि संस्कृति मर्दैन । सबैजना शिव भगवान संझिएर आउनुभएको छ नाच्नुभएको छ । पुजा गर्नुभएको छ यसमा उपस्थित भएर सहयोग गर्न पॉंउदा खुसी छु पंण्डित बासु ढकालको कथन थियो । कार्यक्रम वेष्टर्न स्काउट हल वेष्टर्न क्रिकमा भएको थियो ।

यस्ता कार्यक्रमहरु सबै मिलेर गर्नु पर्छ भन्ने मेरो बिचार हो र हामीहरु यसैगरि समाजमा काम गरिरहने छौ एनआरएनए एसिटिका अध्यक्ष बिक्रम सुबेदिले बताउनुभएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

हामीले पुजा स्थलमा, मन्दिरहरुमा पनि तीज भन्दा पनि रमाइलोको हिसावले जाने, साथिहरु भेट्ने र टिकटक बनाउने परम्परा देख्यौं तर जे हिसावले पुगेपनि चाडपर्व अनुसारका लुगा लगाउने र सबैजना भेला हुने ठॉंउमा जानुपर्छ भन्नेहरु बढ्दै छन् यो भने खुसीको कुरा हो । सबैजना फोटो खिच्ने, फेसबुकमा राख्ने रमाइलो रहेता पनि राता/हरिया सारिमा राता हरिया व्लाउज राता , पंहेला र हरिया पोतेमा गर गहनाले सजिएका देख्दा भने हामीले अन्य कुराहरु जे जेसगरेपनि पोशाकको मॉंया भने गरिरहेका छौं । जे होस चाडपर्व आउछन् र हामीलाइ केहि संझाएर र केहि संझिने बनाएर जान्छन् ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 तीजको रौनक : संस्कृति जगाउने मेलो ।

https://vt.tiktok.com/ZSLohHRXN/

 

Total Page Visits: 343 - Today Page Visits: 1
Shares