4FE70310-DC56-4379-A08D-5629C61018A6 हिन्दु समाजको आह्वानमा तीज महोत्सव हुदै ।

नेपाली हिन्दु समाज अष्ट्रेलियाको तत्वाबधानमा यस वर्ष हरितालिका तीज महोत्सव बिशेष कार्यक्रम मा हुने भएको छ । बिहान ९ बजे आराध्य देव पशुपतीनाथ भगवानको मन्दिर स्थापना सुरु हुने कार्यक्रममा विषेश रुद्राभिषेक, मध्यान्न आरती, विल्वपत्र तथा दुधद्वारा शिवार्चन गरी प्रत्यक्ष सन्ध्या गंगा आरती सॉंझ ७ बजे गर्ने कार्यक्रम रहेको कुरा पंण्डित प्रकाश ढोडारीले जानकारी दिनुभएको छ । कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुबाट सांस्कृतिक नाच गान एउटै स्थानमा हुन गईरहेको हुँदा सम्पूर्ण भक्तजनहरुमा हिन्दु समाजले हार्दिक आमन्त्रण गरेको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 हिन्दु समाजको आह्वानमा तीज महोत्सव हुदै ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 हिन्दु समाजको आह्वानमा तीज महोत्सव हुदै ।
कार्यक्रम बिशेष बनाउनका निम्तो सॉंझ नायिका गौरी मल्ल र गायीका कोमल वली पनि आउने कुरा संगीता चापागाइले जानकारि दिनुभएको छ साथै कार्यक्रममा लक्कि ड्रको ब्यवस्था पनि गरिएको छ । जसमा बिजेताले डिडि ट्राभलतो तर्फबाट नेपाल जाने आउने फ्रि टिकट उपहार दिइने छ । त्यस्तै एभरेष्ट ट्राभलबाट iPhone 12 लक्कि ड्र राखिएको छ साथै गणेश ज्वेलरीको तर्फबाट तिलहरि १ थान पनि लक्कि ड्रमा राखिएको छ ।

कार्यक्रममा शिव बिशेष तान्डण नृत्य, ताण्डव झॉंकि, शिव पार्वतिका भेषभुषा सहित अत्यन्तै रमाइलो आरती हुनेहुदा सबैजनालाइ आएर तीज बिशेष कार्यक्रमलाइ उत्सव बनाइदिनुहुन पंडित बालचन्द्र अधिकारिले सबैलाइ निमन्त्रणा गर्नुभएको छ ।

भगवानको पूजाको लागि सम्पूर्ण सामग्री सहितको पूजा थाली पनि उपलब्ध हुने कुरा आयोजक संस्था नेपाली हिन्दु समाजले जनाएको छ । कार्यक्रमलाइ एनआरएनए अष्ट्रेलिया र नारी निकुन्ज अष्ट्रेलियाको बिशेष सहयोग रहेको छ ।

कार्यक्रमको तालिका
मिति : १८ सेप्टेम्बर २०२३ (18 th September 2023)
स्थान : बरउड पार्क बरउड (Burwood park)
समय : बिहान ९ बजेदेखि सॉंझ ८ बजे सम्म (9 am -8 pm)

4FE70310-DC56-4379-A08D-5629C61018A6 हिन्दु समाजको आह्वानमा तीज महोत्सव हुदै ।

Total Page Visits: 286 - Today Page Visits: 1
Shares