E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पाचौं नेपाल एम्बेसी कप फुटवल प्रतियोगिता हुदै ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा पॉंचौं नेपाल एम्बेसी कप हुने भएको छ । क्यानबेरा नेपलिज फुटवल क्लवको आयोजनामा हुन लागेको आयोजनामा १६ टिमको सहभागीता रहने छ । क्यानबेरा सहित सिड्नी र ओरेन्जका नेपाली र भुटानी मुलका खेलाडीहरुले सहभागीता जनाउने भएका छन् । जस अन्तर्गत सिड्नीबाट ३ टिम, ओरेन्जबाट १ टिम र क्यानबेराबाट भुटानी समुदायबाट ४ टिम र नेपाली समुदायबाट ४ टिमले सहभागीता जनाउनेछन् । बिगत बर्षहरुमा मेलवर्नबाट र अल्बरीबाट पनि सहभागीता रहेको तर यस पटक भने मेलवर्नमा पनि प्रतियोगिता छिट्टै हुने भएको हुनाले क्लवहरुले सहभागीता जनाउन नपाएको क्लवका अध्यक्ष भविन्द्र तिलिजाले हामीलाइ बताउनुभएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पाचौं नेपाल एम्बेसी कप फुटवल प्रतियोगिता हुदै ।

 

प्रतियोगीतामा प्रथम हुने टिमले $५००० (पॉंचहजार अष्ट्रेलियन डलर) प्रमाणपत्र र सिल्ड पाउने छन् । त्यस्तै दोस्रो हुनेले $२००० (दुइहजार डलर) कप र मेडल पाउने छन् भने प्रतियोगिताकै उत्कृष्ट खेलाडीले $३५० पाउने भएका छन् भने प्रतियोगितामा टप सकरर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपरले जनहि $१५० र फेयर प्ले टिमले $१५० नगद पाउने छन् ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पाचौं नेपाल एम्बेसी कप फुटवल प्रतियोगिता हुदै ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पाचौं नेपाल एम्बेसी कप फुटवल प्रतियोगिता हुदै ।

प्रतियोगिता लिग चरणमा खेलाइने छ जसमा चारवटा समूहमा रहेका चार चारवटा टिमबाट दुइ दुइ वटा छनोट भएर जम्मा ८ टिम क्वाटर फाइनलमा पुग्ने छन् । क्वाटर फाइनलबाट ४ बिजयी टिम सेमी फाइनलमा पुग्ने छन् र दुइ टिमले फाइनलको बाटो तय गर्ने छन् । प्रतियोगिताको समुह खेलको लागी लक्कि ड्रबाट निम्न क्लवहरुको समूह निर्धारण गरिएको छ ।

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पाचौं नेपाल एम्बेसी कप फुटवल प्रतियोगिता हुदै ।

 

क्यानबेरा नेपलिज फुटवल क्लवका अध्यक्ष भविन्द्र तिलिजाले नेपाली दुताबासको आयोजनामा फुटवल खेल आयोजना गर्न पाएकोमा आफु धेरै खुसी रहेको र क्यानबेरा तथा क्विनबियन क्षेत्रमा रहनुहुने सबै नेपाली तथा भुटानी समुदायलाइ खेल प्रत्यक्ष रुपमा हेरेर सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा Starlink Mortage and Finance रहेको छ भने प्लाटिनम स्पोन्सर रुपमा 909 IT Solution रहेको छ त्यस्तै गोल्ड स्पोन्सर रुपमा Success Education and Visa Service र Right and Associates रहेका छन । प्रतियोगितालाइ स्थानिय थुप्रै संघ संस्थानों सहयोग गरेका छन् । कार्यक्रम ७ अक्टोबर सनिबारका दिन बिहान 8:30 to 5 pm सम्म हुनेछ । प्रतियोगिता Australian institute of Sports (AIS) मा हुनेछ ।

 

E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 पाचौं नेपाल एम्बेसी कप फुटवल प्रतियोगिता हुदै ।

Total Page Visits: 561 - Today Page Visits: 1
Shares