अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगीता हुने भएको छ । क्यानबेरा नेपलिज भलिवल क्लवको आयोजनामा क्यानबेरा क्षेत्र स्तरिय हुन लागेको भलिवल प्रतियोगीतालाइ सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गर्ने भएको हो ।
यहि आउने फ्रेब्रुवरि २४ तारिख सनिबारका दिन हुने भलिवल प्रतियोगीतामा हाल सम्म ६ टिम सहभागी हुने कुरा क्लवका सचिव राजकुमार केसीले जानकारी दिनुभएको छ । प्रतियोगीता ३/३ टिमलाइ दुइ समूहमा बिभाजन गरेर लिग चरणमा खेलाइने कुरा क्लवका सदस्य जीवन बखुन्चेले बताउनु भएको हो । खेल गंगालीन स्थित ह्यारिसन स्कुलको हलमा फेब्रुवरी २४ का दिन बिहान ८ बजेबाट सॉंझ ८ बजेसम्म हुने छ । खेलमा सहभागी हुन प्रत्येक टिमले दर्ता बापत $३०० (तिन सय डलर) राखिएको कुरा क्लवका कोषाध्यक्ष जीवन थापाले बताउनुभएको छ । क्यानबेरामा रहेका नेपाली र भुटनिज खेलाडीहरुको सहभागीता रहने प्रतियोगीतामा अन्य कोहि नेपाली भुटानी समुदायबाट प्रतियोगीतामा टिम सहित सहभागी हुन चाहनुहुन्छ भने सम्पर्क गर्न क्लवले अनुरोध गरेको छ ।
क्लवले प्रतियोगीतामा प्रथम हुनेलाइ $१००० दोस्रो हुनेलाइ $६०० र सहित सिल्ड मेडल र प्रमाणपत्र दिने कुरा क्लवलाइ जनाएको छ । खेललाइ सभ्य र भब्य बनाउन स्वयं सेवक टोलि गठन गरिएको जानकारि गरॉंउदै सम्पूर्ण खेल प्रेमी साथिहरुलाइ उपस्थित रहन क्लवका अध्यक्ष यूवराज खनियाले अनुरोध गर्नुभएको छ । क्लवको मुख्य प्रायोजकको रुपमा सक्सेस एजुकेशन एण्ड भीजा सर्भिस रहेको छ भने सह प्रायोजकका रुपमा अजी फाइनान्स एण्ड होम लोन रहेको छ त्यस्तै एजे कम्प्लिट सोलुसनले पनि क्लवलाइ आर्थीक तथा अन्य सहयोग गर्दै आइरहेको छ ।
![[Tags] IMG_8539-295x300 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/02/IMG_0707.jpeg?resize=640%2C905&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8539.jpeg?resize=295%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)