फेसबुक : जाने कमाइ नजाने दुरुपयोग ।
सेकेन्ड सेकेन्डमा हेरिरहनु पर्ने हाम्रो आदत बन्दै गएको सोसियल मेडिया फेसबुक अहिले गम्भिर कानुनि चुनौति र समस्या भोगिररहेको छ अर्थात सामना गर्दैछ हिजोआज। तपाइ हामि लगायत लाखौ लाख उसका प्रयोगकर्ताको प्राइभेसि अर्थात गोपनियता अन्य कम्पनि, अननोन कम्पनि, फेक कम्पनि, फ्रेन्चाइज, उपभोक्ता कम्पनि, प्राइभेट कम्पनि त कतिपय ह्याकर कम्पनिलाइ बेचेर डलर कमाउछ र हाम्रो पर्सनल इन्फो जस्तै हाम्रो उमेर, नाम, जन्ममिति, जेन्डर अर्थात लिङ्ग, हाम्रो बसाइ, घर, लोकेशन, ठेगाना, काम रोजगार, हाम्रा भाइसाथि र उनका प्राइभेसि, हाम्रा इच्छा, चाहना, हाम्रा पोष्ट, हाम्रा पेज, शिक्षा, धर्म, सम्बन्ध र अन्य अनेकौ हाम्रा सुचना बेच्दै खादै गर्छ भन्दा छाङ्गाबाट खसे है अचम्म नमान्नु होला। हो त्यसै गर्ने गर्दछ। फोन कम्पनि, स्पोर्ट्स, गेम, वेवब्राउज र हाम्रा गोप्य डाटाहरु फेसबुक ट्विटर, गुगल, याहु यिनले हाम्रो सम्पुर्ण सुचना र गोपनियता बेचेर राज गर्ने गर्दछ र यसमा फेसबुक अग्रणि छ। यहि गोपनियता बेचेर खादै गर्दा अमेरिकन सरकार, फेडेरल इनभेष्टीगेशनको खोजतलासको सामाना गर्दैछ अहिले फेसबुक।
हाम्रा गोप्य डाटा बेचेर खाने फेसबुकका माल्क मार्क जुकरबर्गले आफुहरुले कानुन र ब्याक्तिगत गोपनियताको कानुन भङ्ग गरेकोमा दुखि र आत्माअलोचना गरि पटक पतक सार्बजनिक माओहि मागे पनि तत्कालै कनफेस गर्ने गर्ने पक्षमा छैनन र अमेरिकन साससहरुको कङ्रेसनल हेयरिङ्गको सामना गर्न तयार छन। यो डाटाको कानुनि सिमा नाघ्नेमा फेसबुक मात्रै नभएर सबै सामाजिक मेडीया जिम्मेवार रच सजायको भागिदारको औला औल्याउदै छन फेसबुक मालिक मार्क। त्यसैले फेसबुक लगायत सामाजिक मेडीयामा आफ्ना भएभरका गतिबिधि जथाभावि न और्याउनु होला। तपाइको पर्सनल डाटा लिक र दुरुपयोग हुदा तपऐ फ्रड, स्क्यामर र गलत मानिसगरुको टार्गेट र भिक्टिम हुनसक्ने प्रबल सम्भाबना हुन्छ। अमेरिकि कानुन, सबिधानले ब्याक्तिगत सुचना, ब्यैयक्तिक डाटाको सुरक्षण गरिदिएको छ। फेसबुक र सामाजिक मेडीयामा नभुके छाकै नरुच्ने हाम्रो आदतलाइ अर्को थप चुनौति भन्दा के फरक पर्यो त!
“अमेरिकन कानुनबिद भन्छन “फेसबुक ब्रोक दि अमेरिकन ल” पेनाल्टिमा पर्यो भने बिलियन डलर भन्दा कम हुने छैन। हुन त फेसबुकको कमाइलाइ हेर्दा यो झिङ्गाको पखेटा सरह फेसबुकका लागि।
सानुबावु सिलवाल
नर्थ क्यारोलीना, अमेरिका