IMG_9828-300x300 टी २० बिश्वकप क्रिकेटको उपाधी भारतको पोल्टामा ।

अन्तत टी-२० बिश्वकपको फाइनल सकिएको छ । दक्षिण अफ्रिका माथि  ७ रनले जित निकाल्दै भारत आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को च्याम्पियन बनेको छ। टस जितेर ब्याटिगं सुरु गरेको भारतले  दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाएको थियो ।

बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको हो। भारतका लागि विराट कोहलीले कोहलीले ५९ बल खेलेर ६ चौका र दुई छक्का प्रहार गरि सबैभन्दा बढि ७६ रन बनाएका हुन ।  । त्यसैगरी अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि केशब महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए। मार्को जोन्सन र कागिसो रबाडाको नाममा एक एक विकेट रह्यो। बार्बडसस्थित किंगस्टन ओभलमा भएको फाइनल खेलमा १७७ रनको विजयी लक्ष्य पाएको दक्षिण अफ्रिका निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १६९ रन बनाउन सक्यो र उपाधि भारतलाई थमाइदियो।

Photo : google

Total Page Visits: 888 - Today Page Visits: 2
Shares