अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलले आफु राजदूत भएर आए संगैं के कस्ता कामहरु गर्ने प्रयास भयो र अझै के के हुदैछन् भनेर आफनो कार्यकालको समिक्षा गर्नुभएको छ । महामहिम पोखरेलले आफनो तर्फवाट सकेको राम्रो गर्न प्रयास रहेको भन्दै आफुले गरेका कामहरुको बुदॉंगत रुपमा प्रस्तुत गर्नुभएको छ । हेरौं उहॉंबाट भएका कामका प्रयासहरु ।
अष्ट्रेलिया , न्युजिल्यान्ड र प्यासिफिक क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण आदरणीय नेपालीहरुमा नमस्कार ।
म यो क्षेत्रको राजदूत भएर आएपछि भए गरेका कामको वारेमा समय समयमा यहाँहरुलाई अवगत गराएको कुरा तपाई हरुलाई जानकारी नै छ । मैले नेपालको संसदमा सुनवाई हुँदा गरेको प्रतिबद्धता र यहाँहरुको अपेक्षा बमोजिम यो दुई वर्ष भित्र आफ़नो जिम्मेवारी पुरागर्दा यी महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन ।
1. नेपाल र अष्ट्रेलिया बीच ब्यापार र लगानी सम्बन्धी पहिलो र महत्वपूर्ण सम्झौता Trade and Investment Framework Arrangement ( TIFA ) फेब्रुअरी 9, 2024 मा सम्पन्न भएको छ ।यसमा अष्ट्रेलियाका सहायक विदेशमन्त्री Hon. Tim Watt र मैले हस्ताक्षर गरेका छौं ।
2. दुई देश बिच लगातार उच्चस्तरीय भ्रमणहरु भएका छन । नेपालबाट परराष्ट्रमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च राजनीतिक तहमा र अष्ट्रेलियाबाट लामो समयपछि विदेश सहायक मन्त्री र पहिलो पटक संघीय संसदका सभामुख लगायत उच्च तहमा भ्रमणहरु सम्पन्न भएका छन ।
![[Tags] IMG_9828-300x300 महामहिम कैलाशराज पोखरेलद्वारा आफुले गरेका कामको बिवरण प्रस्तुत । हेरौं के के छ बिवरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
3. अष्ट्रेलिया र न्यूजिल्याण्ड दुबै देशमा उच्चस्तरीय द्विपक्षीय वार्ताहरु सम्पन्न भएका छन ।
4. पासपोर्टको नवीकरणमा गतवर्ष देखिनै विना appointment पनि सेवा प्रदान गर्न सुरु गरिएकोले अहिले सेवाग्राहीहरुलाई धेरै सहज भएको छ ।
5. अहिले भएकै सिमित स्रोतबाट नै केहि स्थानहरुमा पासपोर्ट घुम्ति सेवा सुरु गरी यो सेवा निरन्तर चलिरहेको छ ।
6. सेवाग्राहिले अहिले राजदुतावासमा सहज रुपमा डेबिट र क्रेडिट कार्डबाट( टच अप्सन सहित) पनि राजस्व तिर्न सक्नु हुन्छ ।Cash निकाल्न ATM खोज्दै हिड्नु पर्दैन ।
7. अहिले भएकै कर्मचारीहरुको कार्य ब्यवस्थापन मिलाएर राजदुतावासमा सेवाग्राहीका फोनहरु उठाउन सकिएको छ । सबै ईमेलहरुको पनि जवाफ दिइरहेका छौ ।
8. नेपालबाट अष्ट्रेलियामा अहिले भै रहेको ब्यापारको अवस्था र खासगरी निर्यात सम्बन्धमा विज्ञहरु मार्फ़त राजदुतावासले एउटा अध्ययन सम्पन्न गराएको छ ।यसको प्रतिवेदन भर्खरै प्राप्त भएको छ । दुई देश बीच ब्यापारवारे राजदुतावासबाट भएको यो पहिलो अध्ययन हो ।
9. नेपालमा हालै सम्पन्न तेश्रो लगानी सम्मलेनमा अष्ट्रेलियाबाट सक्रिय सहभागिता भएको छ । एउटा लगानी सम्झौता पनि सम्पन्न भएको छ ।
10.सगरमाथा आरोहण गरेका अष्ट्रेलियनहरुलाई राजदूतावासबाट सम्मान गरिएको छ ।
11.राजदुतावास आफैले र NRN लगायत संघ संस्थाहरु संग मिलेर विविध पर्यटन प्रवर्धनका काम भएका छन । गत बर्ष अष्ट्रेलियाबाट नेपाल जानेहरुको संख्या 38 हजार नाघेको छ ।
12. नेपाल एयरलाइन्सले सिडनीमा Direct Flight गर्ने बिषयमा राजदूतावासले पहल गरी अहिले यो अष्ट्रेलिया सरकारको अन्तिम स्वीकृतिको चरणमा रहेको छ ।
13. राजदूतावास नेपाली संघ संस्था एवम् समुदायहरुसंग मिलेर काम गर्दै आएको कुरा यहाँहरूलाई थाहा छ । नेपाली समुदायले राजदुतावाससंग आशा गरेका धेरै बिषयहरु पुरा गर्न पाएकोमा सन्तोष लागेको छ । नेपाल- अष्ट्रेलिया सम्बन्ध, नेपाल र नेपालीहरुको हित र चासोका हरेक बिषयमा हामी निरन्तर कार्य गरी रहेका छौ ।
14. साधन स्रोतको अभाव सदा रहन्छ नै । यहाँहरु सबैका सकारात्मक सुझावलाई ग्रहण गर्दै राजदूतावास निरन्तर कार्यरत छ।
![[Tags] IMG_9828-300x300 महामहिम कैलाशराज पोखरेलद्वारा आफुले गरेका कामको बिवरण प्रस्तुत । हेरौं के के छ बिवरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 महामहिम कैलाशराज पोखरेलद्वारा आफुले गरेका कामको बिवरण प्रस्तुत । हेरौं के के छ बिवरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/04/IMG_2349.jpeg?resize=300%2C289&ssl=1)
![[Tags] IMG_9828-300x300 महामहिम कैलाशराज पोखरेलद्वारा आफुले गरेका कामको बिवरण प्रस्तुत । हेरौं के के छ बिवरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)