आङ दावा जाङबु शेर्पा : पर्थ – गत हप्ता पश्चिम अष्ट्रेलियाको पर्थमा सम्पन्न अष्ट्रेलिया व्यापी राष्ट्रीय टेबल-टेनिस प्रतियोगिता-२०२४ मा नेपाली समुदायका खेलाडी शाश्वत ढकालले ११ बर्ष मुनिका समूहमा स्वर्ण पदक जित्न सफल भएका छन। बाल खेलाडी शाश्वत ढकालले पश्चिम अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै कुइन्स्ल्यान्डका खेलाडी काइ जियाङ मार्कुसलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए। यसै गरी सोही प्रतियोगितामा ११ बर्ष मुनिका समूह तर्फ पनि शाश्वत सम्मिलित डब्ल्यु टीम ‘ए’ ले कुइन्स्ल्यान्ड टीम ‘ए’लाई पराजित गर्दै राष्ट्रीय टेबल-टेनिस प्रतियोगिता २०२४ को उपाधी जितेका थिए।
बिजेता जुनियर टीम पश्चिम अष्ट्रेलियाका प्रशिक्षकमा पूर्व नेपाली राष्ट्रीय टेबल-टेनिस खेलाडी अजय सुवाल रहेका थिए। उदयिमान बाल खेलाडी शाश्वत ढकाल एवं प्रशिक्षक अजय सुवाल लगायत सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई!
![[Tags] IMG_9828-300x300 पर्थमा अष्ट्रेलियाव्यापी राष्ट्रिय टेबल-टेनिस प्रतियोगिता सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/07/IMG_3993.jpeg?resize=300%2C300&ssl=1)