IMG_9828-300x300 यूरो कपको उपाधि स्पेनको पोल्टामा ।
जुलाइ १५ : आज भएको युरो कप २०२४ को फाइनल स्पेन र इंग्ल्याण्डबीच जर्मनीको बर्लिनमा खेल सम्पन्न भएको छ । दुई टोलीबीच रोमाञ्चक खेल भएको थियो । फाइनल खेल स्पेनले २–१ ले जित्यो । १२ वर्षको लामो समयपछि स्पेनले युरो च्याम्पियनसिप जितेको हो । स्पेनले चौथो पटक युरो कपको उपाधि जितेको छ । अहिलेसम्म कुनै पनि टोलीले यति धेरै पटक युरो कप जितेका छैनन ।

IMG_9828-300x300 यूरो कपको उपाधि स्पेनको पोल्टामा ।

स्पेनले पहिलो गोल ४७ औं मिनेटमा पहिलो गोल गरेको थियो । स्पेन र इंग्ल्याण्डबीचको युरो कप २०२४ को फाइनलको पहिलो हाफ निकै सुस्त रहेको थियो । दुवै टोलीले गोल गर्न सकेनन् । तर दोस्रो हाफको सुरुमै स्पेनले अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा निको विलियम्सले उत्कृष्ट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । बार्सिलोनाबाट खेल्ने युवा स्टार लामिन यामलले निकोलाई उत्कृष्ट सहयोग गरेका थिए । यसपछि निकोले पहिलो टचमा विपरित खुट्टामा बललाई तलतिर राखेर उत्कृष्ट गोल गरे ।

IMG_9828-300x300 यूरो कपको उपाधि स्पेनको पोल्टामा ।

४७औं मिनेटमा अग्रता लिएको स्पेनले धेरै बेर टिकाउन सकेन । ७३ औं मिनेटमा इङ्ल्यान्डले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्यायो । इङ्ल्यान्डका पाल्मरले डी बक्स बाहिरबाट उत्कृष्ट बल राखे। खेल १–१ गोलको बराबरीमा सकिने अवस्थामा थियो । तर खेलको अन्त्यमा स्पेनले दोस्रो गोल गर्दै युरो च्याम्पियनसिप आफ्नो नाममा गरेको छ । स्पेनका लागि अनुभवी खेलाडी ओयार्जबालले विजयी गोल गरे । ओयार्जबालले पहिलो टचमा उत्कृष्ट गोल गर्दै स्पेनलाई युरो कपको च्याम्पियन बनायो । स्पेनले ८६ औं मिनेटमा गोल गरेको थियो । तर लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भएपछि इंग्ल्याण्डका खेलाडीहरु निक्कै दुखी देखिएका थिए । । स्पेनका १७ वर्षीय फरवार्ड लामिन यमल युरो–२०२४ को युवा खेलाडी बनेका छन् ।

Total Page Visits: 586 - Today Page Visits: 1
Shares