IMG_9828-300x300 मेलवर्नमा 909IT को शाखा बिस्तार ।

अष्ट्रेलियामा रहेर सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको संस्था 909IT Solution ले आफनो नयॉं शाखा मेलवर्नमा पनि बिस्तार गरेको छ । अगष्ट १ का दिन बिधिवत रुपमा शुभारम्भ गरिएको शाखाबाट मेलवर्न क्षेत्रमा रहेर सूचना प्रविधि (IT) मा आफनो भबिष्य खोजिरहेका सबैलाइ यसले टेवा पुग्ने बिश्वास संस्थाका सदस्य नितिश श्रेष्ठले बताउनुभएको छ । 909IT ले जव रेडि कार्यक्रम सहित अन्य सूचना प्रबिधिका बिषयहरुमा कक्षा दिदै आइरहेको छ ।

IMG_9828-300x300 मेलवर्नमा 909IT को शाखा बिस्तार ।

मेलवर्नमा यस अधि अनलाइनमा कक्षा लिने गरिएको भएता पनि अव कक्षा कोठाबाटै प्रत्यक्ष पढ्न पाउने भएको हुनाले बिशेषत बिध्यार्थीहरुका लागी सजिलो हुने कुरा अर्का सदस्य मनिष थापाले बताउनुभएको छ । एनआरएनए भिक्टोरियाका पूर्व अध्यक्ष हरि खड्काको प्रमुख आतित्थ र संस्थापक दानराज ढकालले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि हरि खड्काले संस्थालाइ मेलवर्नमा स्वागत गर्न पाएकोमा खुसी भएको बताउदै यसले भबिष्यमा धेरैलाइ सगयोग पुग्ने बिश्वास पनि ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मेलवर्नका बिभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यक्तित्वहरु र बिध्यार्थीहरुको सहभागीता रहेको थियो ।

IMG_9828-300x300 मेलवर्नमा 909IT को शाखा बिस्तार । IMG_9828-300x300 मेलवर्नमा 909IT को शाखा बिस्तार ।

Total Page Visits: 1203 - Today Page Visits: 1
Shares