मातातिर्थ औंसी

 

आमाको काखमा आउने मिठो निन्द्रा आउदैन सिरानीमा

सबैलाइ भुल्छ यो मनले तर आमालाई भुल्दैन बिरानीमा

उमेर ढल्किदै छ व्यवहार बढ्दै छ आफैँ आमा छु अहिले

रित्तिदैन आमाका लागी शब्दहरु थपिन्छन बरु कहानीमा

आमाको भारा तिर्नुपर्छ भन्छन आमाले कहिल्यै माग्दिनन

तिर्न सकिन्छ कसरी हाम्रा लागी रित्याएका खुशी जवानीमा

कति आवाज उठाईन् होली कति दबाईन् होली हाम्रा लागी

कती भोकै बसी होलिन् कयौं रात अनिदो हाम्रो बिमारीमा

एकदिन मात्र हैन आमा-बाको सम्मान हरेक दिन गर्ने गरौँ

आफ्ना सन्तानलाई झैँ आमा-बालाई संझौ हरेक बिहानीमा

अनिता भण्डारी (पौडेल )

नँया बानेश्वर , काठमाडौँ

Total Page Visits: - Today Page Visits:
Shares