२०७५, वैशाख १४ गते शुक्रबार, वैशाख शुक्ल द्वादशी, उत्तराफाल्गुनी नक्षत्र, व्याघातयोग, कन्यामा चन्द्रमा,

मेषः दिन अनुकूल रहनेछ । सहकार्यमा लाभ मिल्नेछ । मनोबल बढ्नेछ । शत्रु पराजित हुनेछन् । आटेको काम बन्नेछ। मावली पक्ष निकै सहयोगी रहनेछ ।

वृषः दिन उचित खालको रहनेछ । प्रतिस्पर्धामा काम बन्नेछ । बुद्धिविवेक निकै व्रिmयाशील रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । निर्णय क्षमता बढ्नेछ ।

मिथुनः दिन प्रतिकूल रहनेछ । अाँटेको काममा ढिलाइ हुनेछ । निर्णय क्षमता घट्नेछ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । धैर्य गर्नुृ बुद्धिमानी हुनेछ ।

कर्कटः दिन उत्तम रहनेछ । आफन्तसँग भेट र सहयोग हुनेछ । महत्वपूर्ण काम गरिनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ ।

सिंहः दिन अनुकूल रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । मिष्ठान्न भोजन मिल्नेछ । स्वास्थ्य सबल रहनेछ ।  आर्थिक काम हुनेछ ,

कन्याः दिन भाग्यवर्धक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । मनोबल बढ्नेछ । पढाइ लेखाइले गति लिनेछ ।

तुलाः दिन प्रतिकूल रहनेछ । काममा बाधा अड्चन आइलाग्न सक्छ । उच्च खर्च र बड्प्पन हानिकारक हुनेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

वृश्चिकः दिन अनुकूल रहनेछ । आय आर्जन बढ्नेछ । उद्योग व्यवसाय र प्राविधिक पक्षबाट लाभ मिल्नेछ । रमाइलो कार्यव्रmममा उपस्थित भइनेछ ।

धनुः दिन सार्थक रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । इष्टमित्रसँग भेटघाट मेलमिलाप हुनेछ ।

मकरः दिन ठिक रहनेछ । धार्मिक क्षेत्रमा रूचि बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ । सहयोग प्राप्त हुनेछ ।

कुम्भः दिन प्रतिकूल रहनेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ । काममा विलम्ब हुनसक्छ । धैर्य गर्नु उचित हुनेछ । घमण्ड हानिकारक रहन सक्छ ।

मीनः दिन अत्युत्तम रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

स्रोत : बाह्रखरि

Total Page Visits: 1478 - Today Page Visits: 1
Shares