खहरे पो’ परेछ खोलो, शिर भेटिएन
चाउरीएँ रे म मरिच झैं, पिर भेटिएन !!

चलेका थिए युद्ध, छाती’मुटुमा अति
घाइते बनायो परन्तु खै, झिर भेटिएन!!

चिनो दिए कसैले, सम्झनाका चोटहरु
चिथोरें आफ्नै छाती, तस्बिर भेटिएन !!

कोहि मोहनीले बिग्रिए, कोहि नशामा
प्रेमका निहुँमा जिन्दगी स्थिर भेटिएन !!

सामिप्यताको आभास टाढा भएपछी पाएं
सम्बन्धको यो निचोढ गाढा भएपछी पाएं !!

भेटेको थिएं मसी, भाग्यरेखा नै कोरने
मेट्नुछ पूरानो लिखित तक’दिर भेटिएन !!

श्रीभक्त पौडेल ‘आफन्त’

चितवन, हाल स्पेन

Total Page Visits: - Today Page Visits:
Shares