काठमाडौं । राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयका सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै सामग्री जफत गरेको छ ।
समितिले पसलमा शीलबन्दी पनि गरेको छ ।
न्युरोड विशालबजारमा रहेका दुई पसल र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा अनुसन्धान टोलीले विभिन्न निकायको रहोबरमा छापा मारेको थियो । समितिका एक सदस्यले बाह्रखरीसँग कुरा गर्दै भने–‘सुनसहित ३५ प्रकारका धातु जफत गरिएको छ । जसको मुल्य २० करोड आसपास हुनसक्ने अनुमान गरेका छौं ।”
छापा मार्न पुगेको टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए ।
सुनका सबै कागजात हेरेर थप विवरण भन्न सकिने उनले बताए । गोरेको समुहले भित्र्याउने गरेको अवैध सुनमा श्रेष्ठको पनि लगानी रहेको अनुसन्धान टोलीले औल्याएको थियो ।
माघ ९ गते दुबईबाट नेपाल ल्याइएको भनिएको अवैध साढे ३३ किलो सुन एकाएक गायब भएपछि यो विषय सार्वजनिक भएको थियो । त्यसैसँग जोडेर सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले अनुसन्धान टोली बनाएको छ । टोलीले यसअघि नै ६३ जनालाई दोषी ठहर गरेको छ भने आफ्नो अनुसन्धान पनि जारी राखेको छ । बाह्रखरिमा खवर छ ।
![[Tags] RK_1_ आरके ज्वेलर्समा सरकारी छापा ।](https://i0.wp.com/baahrakhari.com/uploads/news/images/2075/2075%20jeth/RK_1_.jpg?w=640)
![[Tags] RK_1_ आरके ज्वेलर्समा सरकारी छापा ।](https://i0.wp.com/baahrakhari.com/uploads/news/images/2075/2075%20jeth/RK_2_.jpg?w=640)
![[Tags] RK_1_ आरके ज्वेलर्समा सरकारी छापा ।](https://i0.wp.com/baahrakhari.com/uploads/news/images/2075/2075%20jeth/RK_3_.jpg?w=640)
![[Tags] RK_1_ आरके ज्वेलर्समा सरकारी छापा ।](https://i0.wp.com/baahrakhari.com/uploads/news/images/2075/2075%20jeth/RK_4.jpg?w=640)
सबै तस्बिर सरिता खड्का