बिनायक अधिकारी : सिड्नीमा बसेर लामो समयदेखी गीत संगीतमा रुचि राख्ने यूवाहरुको समूहले “मनकी रानी” गीत बजारमा ल्याएको छ । किरण भण्डारीको शब्द तथा संगीतमा रहेको “मनकी रानी” बोलको गीतमा गायक विकास उप्रेतीले स्वर दिएका छन् । भीडीयो सहित बजारमा ल्याइएको गीतमा भ्यामपायरको कहानिलाई रोचक किसिमले देखाईएको छ। भ्यामपायरको कहानीमा बनेको नेपाली म्युजिक भिडियो यो नै पहिलो रहेकोनिर्माण पक्षको दावी छ।

किरण भण्डारी स्वयमको एरेन्ज रहेको गीतको भिडियो प्रविन महर्जनले खिचेको हुन् । उक्त गीतको भिडियोको शुरूवात देखिनै डर लाग्दो धुनहरु सुन्न पाईन्छ, र दृश्यहरु पनि रातको समयको भएको कारण भिडियो हेर्दा दर्शकको मनमा त्रास उब्जिन्छ। यो एउटा नयॉं प्रयोग हो र किरण भण्डारी बिश्वस्त छन कि हेर्ने र सुन्नेलाई यो प्रस्तुतीले मन छुनेछ। गीतको अडीयो भीडीयो दुबै थन्डरस्ट्रोमले बजारमा ल्याएको हो ।

 

Total Page Visits: - Today Page Visits:
Shares