बिनायक अधिकारी :- ‘गजल मुशायरा’ कार्यक्रम एडीलेडमा हुने भएको छ । सिड्नीमा चार सफल श्रृंखलाहरू र ब्रिसबेनमा यौटा भव्य श्रृंखला पछि गजल मुशायरा परिवारसँगको सहकार्यमा इनास साउथ अष्ट्रेलियाको प्रस्तुतिमा गजल कार्यक्रम ‘गजल मुशायरा’ को एडिलेड संस्करणको आयोजना हुने भएको हो । यो कार्यक्रम आगामी जुन २२ तारिख  शुक्रबारका  दिन अपरान्ह ४ बजेदेखि नर्थ एडिलेड कम्युनिटी सेन्टरको हलमा  हुन गैरहेको छ ।  

गजलको एउटा सम्पूर्ण कार्यक्रम भएकाले उक्त कार्यक्रम मा १३ जना गजलकारहरुको गजल वाचन, लाईभ गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ। गजल वाचनमा यस पटक  एडिलेडका  गजलकारहरुलाई सिड्नी, ब्रिस्बेन, अल्बेरी लगायतका शहरबाट समेत गजलकारहरुले साथ दिनुहुने कुरा यस कार्यक्रमका संयोजक तथा इनास साउथ अष्ट्रेलियाका अध्यक्ष मिलन दाहालले जानकारी दिएका छन्।  

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र एडिलेडको संस्करणले एडिलेडको साहित्यिक माहोललाई अझ तताउनेमा विश्वस्त रहेको जानकारी गजल मुशायरा सिड्नीका संयोजक जितेन्द्र मल्लले जानकारी दिए । सामाजिक सञ्जालमा ‘गजल मुशायरा लाईभ संस्करण’ प्रस्तुत गर्दै आएको गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् ।

C7170B6C-28F3-4D82-9823-D0F4FD4773BE-300x158 ‘गजल मुशायरा’ एडीलेडमा हुदै ।

Total Page Visits: - Today Page Visits:
Shares