बिनायक अधिकारी; मेरो कपुरि क :- नाम जस्तै सान बन्न सफल नेपाल आइडलको पहिलो सिजन बाट चर्चा कमाएका र फष्ट रनरअप बन्न सफल निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। ‘भुन्टी’बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा सुमधुर स्वरको जादु छर्न सफल निशानको गायकीसँगै राम्रो नृत्य पनि देख्न सकिन्छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे)को शब्द तथा संगीत छ । मोहित मुनालको एरेन्जमा बनेको गीत अत्यन्त सुमधुर र रमाईलो बनेको छ । टेकेन्द्र शाहको निर्देशनमा बनेको म्युजिक भिडियोमा निशानसँगै एलिसा राई र मिस्टर आरजेले अभीनय गरेका छन् । रामकुमार केसीको निर्देशनमा बनेको भिडियोलाई निर्देशक शाहले सम्पादन गरेका हुन् । भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।

https://youtu.be/_-hRovJleY8

Total Page Visits: - Today Page Visits:
Shares