सिड्नी :- २१ औ सताब्दिमा पनि नेपालको बिकट गाउ तथा जिल्ला हरुमा अझै पनि कतिपय बालबालिका हरुले बिद्यालयको आगन देखेका छैनन् । किताब ,कापी समेत देख्न नपाएको थुप्रै समाचार हरु हामीले पढ्दै र सुन्दै पनि आएकाछौ । तसर्थ यिनै कुरा हरुलाई मध्यनजर गर्दै सम्पूर्ण प्रवासी हरुको चाहना शिक्षित रास्ट्रको कामना भन्ने मुल नाराका साथ एनआरएनए अष्ट्रेलिया एनएसडब्लुको आयोजनामा सिड्निमा परोपकारी गाला डिनर हुने भएको छ । प्रवासमा बसे पनि समाज र देशलाई समुन्नत र सक्षम राष्ट्र बनाउन सधैं तत्पर रहने उदेश्यका साथ आजका बालबालिका भोलिका कर्णदार भएको हुँदा विद्यार्थी हरुको उत्प्रेरणाको निम्ती नेपालको सात वटा प्रदेशको पिछडिएको ९ ओटा बिध्यालयमा गरीब तथा जेहेन्दार विद्यार्थी हरुको लागि एनआरएनए एनएसडब्लुले उक्त कार्यक्रम बाट सन्कलित रकम सहयोग गर्ने लक्ष्य लिएको एनआरएनए अष्ट्रेलिया एनएसडब्लु उप सयोजक अर्जुन के सी ले जानकारी दिए ।

B6744CA8-7FEE-4D77-BCC0-509388B288B5-169x300 बिकट स्कुलका लागी रकम संकलन गर्दै सिड्निबासी ।

जुलाई ८ मा इन्द्रेनी फग्सन सेन्टरमा आयोजना हुने गाला डिनरमा बिभिन्न सास्क्रितिक कार्यक्रम प्रस्तुत गरिनुका साथै स्थानिय कलाकार हरुको गायन समेत रहेको छ भने पेन्टेर कृष्ण को चित्रकलाको समेत प्रदर्शनी हुनेछ र गत बर्षको HSC ९५ % भन्दा माथि ATAR सहित पास गरेका उत्कृष्ट बिध्यार्थि हरुलाइ पनी सम्मान गरिने कार्यक्रम रहेको छ ।कार्यक्रममा उपस्थित भएर परोपकारी कार्यक्रम सफल पारिदिन हुन पनी एनआरएनए अस्ट्रेलिया एनएस्डब्लु हार्दिक अनुरोध गर्दछ । सहभागिताको निम्ति टिकट दर $६५ रहेको छ । र पुर्ण जानकारिको लागी पोस्टर हेर्नु होला ।

B6744CA8-7FEE-4D77-BCC0-509388B288B5-169x300 बिकट स्कुलका लागी रकम संकलन गर्दै सिड्निबासी ।

Total Page Visits: 1585 - Today Page Visits: 1
Shares