काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ बजारमा आएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अथिथि बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृति बिमोचन गरे ।

E4774420-F70E-455A-9B98-1D249F1D6EC2-208x300 रामकुमार पाडे र प्रकाश माइलाको 'हजार हाइकु' बिमोचित

पुस्तक माथी समिक्षा गर्दै समिक्षक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए । यस्तै अर्का समिक्षक दामोदर पुडासैनीले यो हाइकु सङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक सावित भएको बताए । वरिष्ठ समिक्षक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र मर्म बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट रहेको बताए ।

E4774420-F70E-455A-9B98-1D249F1D6EC2-208x300 रामकुमार पाडे र प्रकाश माइलाको 'हजार हाइकु' बिमोचित

कार्यक्रममा बोल्दै गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रुपमा आएको बताए । स्रस्टाहरु प्रकाश पौडेल ‘माइला’ र रामकुमार पाडे ले मन्तव्य राख्दै यो कृती जन्मनुको सन्दर्भ बारे बोल्दै कृती भित्रबाट हाइकु बाचन गरेका थिए । माइला बिगत १३ वर्ष देखी हाइकुको उदगम थलो जापान मै बसेर हाइकु बारे खोज र अनुसन्धानमा ब्यस्त छन भने पाडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्त्व प्रदान गर्दै आएका छन ।
कार्यक्रम कृति प्रकाशक एवम् शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । २६२ पृठ भएको उक्त पुस्तकको मुल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

Total Page Visits: - Today Page Visits:
Shares