सान्दाजुको सम्झनामा
(साउन ६ गते जन्म सताब्दीको सन्दर्भमा)
दुबिधामा देशको माटो, हातमा लिनु भन्थ्यौ
देशले मागे तिम्रो माया रगतमा दिनु भन्थ्यौ
परदेश तिर तीन घुम्तिमा, बाबु आमा छोरा
सुम्निमा र नरेन्द्र दाई साथमा हिंड्नु भन्थ्यौ
जेल जर्नल पढ्नेहरु दोशी चस्मा नलगाउ अब
हिटलर र यहूदी छन् समाजमा चिन्नु भन्थ्यौ
मोदी आइन, श्वेत भैरबी, खोजी खोजी पढौं
नेपाली हौं पौरखी छौं झुपडीमा ज्यूनु भन्थ्यौ
राष्ट्रिय एकताको आवहान, जरूरी थियो
सदा पर्योभने¨सत्रु¨सँग पर्छ भिड्नु भन्थ्यौ
पञ्चायतमा प्रजातन्त्र, छैन भन्ने सान्दाजु
समाजवादका लागि सधैं क्रान्ति छेड्नु भन्थ्यौ
कहाँ छौ बि पि तिमी यो देशले आज खोज्दैछ
एउटा घर र भैंसी, नेपाली को हुनु भन्थ्यौ
दुबिधामा देशको माटो, हातमा लिनु भन्थ्यौ
देशले मागे तिम्रो माया रगतमा दिनु भन्थ्यौ!
जय नेपाल !
श्रीभक्त पौडेल ¨आफन्त¨
फोटो गुगल
![[Tags] A4CDF2F5-B9AB-459B-9E18-719B5B5B63AD-187x300 सान्दाजुको सम्झनामा](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/A4CDF2F5-B9AB-459B-9E18-719B5B5B63AD.jpeg?resize=187%2C300&ssl=1)
लेखक