यौन कबिता

श्रीभक्त पौडेल
कला: भद्र थापा (बन्धु) BK Thapa

””””’
चिसा रात, चिसै बिछ्यौना
दाइने भितो देब्रे रित्तो
छामछुम गर्दा गर्दै रातका प्रहर बित्छन् ,
तात्दैनन् जाङ्ग कुर्कुच्चाहरु
तातो मुस्लो छुट्छ छाती बाट
सुन्तला केस्रा चुसेर
छोक्रा निल्न पल्किएका
आफ्नै केस्राहरु झनै
सुख्खा लाग्छन्,,
खुईए !
देउचुली र बर्चुलीमा
चिप्लेटी खेल्ने रहर,
आफ्नै बोटका नासपतीका
भेट्नो निमोठ्दै
नखाएको पनि धेरै भएछ।
कस्तो सरसराहट हो यो
यो मन को ?
तिनिक्क
तन्ना नै च्यातिने गरी
मिठो अङ्गड्याइ!
यौवनका तरेलीहरुमा
जोवनका परेलीहरुमा
लुकामारी
नखेलेको पनि युगौ भएछ।
लुकामारी ??
हो नि लुकामारी नै त हो
सम्मोहक छल सँगै
अन्धेरी कुनाका
मिठी कुवाको पानी
बाबियो र गुमपाती
पन्छाउँदै
अहो नपिएको थुप्रै भएछ।
उकाली ओराली
तं तल म माथि
स्यां स्यां र फ्यां फ्यां
थाक्न मन नलागेको कहाँ हो र?
थकान मात्र?
होइन होइन
आँखा चिम्लिएर
त्यो लिङ्गे पिङ
न मच्चाएको कति भो नि?
लिङ्गे पिङ्गको पिर्का फुत्किंदा
ठोक्किएको यो घुंडो
अझै च्वास्स दुख्छ,
तर त्यो दुखाई,
सम्झिएर ल्याउंदा पनि
रात तातिएर आउन थालेका छन्
हिजो आज ।।

रचनाकाल
फेब्रुअरी ५, २०१६
सानसेबास्टिअन पाइस् भास्को स्पेन

11E5D805-6C91-4D4A-9706-608D76B1F396-202x300 यौन कविता

Total Page Visits: - Today Page Visits:
Shares