मनमा हुनेको नाम, हत्केलामा सजाउँदै छु म
हेरी यिनै हत्केलाहरु, हिजोआज रमाउँदै छु म!!
भेट्छु रङ्ग बिरङ्गी फूलहरु, आफ्नै आङ्गनीमा
साउनका हरिया, लतालहराहरु समाउँदै छु म!!
फूल्नेछन् सपनाका फूलहरु, बिपनीहरुमा सधैं
त्यसैले त यहाँ”कल्पना”का बिज, जमाउँदै छु म !!
“उ” आउने दिनका पर्खाइमा, टोलाएको हुन्छु रे
हेरी त्यो एेना हिजोआज, मुसुक्क लजाउँदै छु म!!
आउ सम्हाल! मेरा जीवनका, उत्तरार्धहरु अब
मेहन्दीले सजिएका यी हातहरु, थमाउँदै छु म!!
कल्पना पौडेल आचार्य
भरतपुर चितवन
हाल आल्बिर आलिकान्ते स्पेन !!
Total Page Visits: 2229 - Today Page Visits: 1