घुमिफिरी आयो, बर्षदिनको तिज
माइतिको आङ्गनीमा, नाचौं बरिलै

भुलेर पिडा ब्यथा, जिन्दगीका सारा
दिदिबहिनी सबै मिलि, हासौं बरिलै

कति गाउने गीत सधैं, घाँस दाउरा मेलाका
बिर्सिएर सबै कुरा आज, बाचौं बरिलै

न महिलाको सुरक्ष्या, न छ हाम्रो अधिकार
कति सहनु हामीले, अत्याचार बरिलै

दिन दहाडै बलत्कार ,आङ्गनीमा चेलिको
यहि प्रश्न सरकारलाई, सोधौं बरिलै

रास्ट्रप्रमुख चेली हाम्री, सभामुख’नी चेली
नारी हक र देह सुरक्ष्या, खोजौं बरिलै

हाम्रो नारा बुलंदी, बलात्कारीलाई फाँसी दे
अत्याचारीलाई फाँसी दिने कानुन, रोजौं बरिलै

कल्पना आचार्य पौडेल

स्पेन

Total Page Visits: - Today Page Visits:
Shares