बिनायक अधिकारी :- यसपाली क्यानबेरामा दशैं भब्य हुने भएको छ । मल्टि डाइनामिक क्यानबेराले प्रायोजन गरेको कार्यक्रम भरिया ग्रुप र क्यानबेराकै लोकल ब्याण्ड ब्लु एजले संयुक्त रुपमा आयोजना गरि दशैं सॉंगीतिक बनाउन लागेका हुन । कार्यक्रममा केहि फरक पन ल्याउन र गीत संगीतले सबै मानिसलाइ आकर्षित गर्ने भएकाले पनि हामीले सॉंगीतिक कार्यक्रम गर्ने प्रयास गरेका छौं, भरिया ग्रुपमा बावुराम पौडेलले भने । गायक अनिल सिंहले नेपालबाट इन्जिन गाडी लिएर आउने छन् र क्यानबेरा तथा क्विनबियन क्षेत्रका समस्त नेपालीलाइ डुलाउनेछन् आफनै गीत संगीतमा मन छुने स्वरमा। त्यस्तै अर्का चर्चित गीत हाम्रो नेपालमाका गायक नितेशजंग कुवँर र भीटेनले भरपुर मनोरन्जन प्रदान गर्नेछन् ।
कार्यक्रममा ब्लु एज ब्याण्डले पनि मेहनतका साथ मनोरन्जन दिन सक्दो प्रयास गर्ने छ । हामीले सक्दो प्रयास गरेका छौं पक्कै हामीलाइ सबैले मॉंया गर्नुहुनेछ र कार्यक्रम सफल बनाउन आउनुहुनेछ लिड गायक ध्रुव आचार्यले भने । गीत र संगीतलाइ मीठो बनाउन र श्रोताहरुलाइ संगीतको धुन स्पष्ट सुनियोस भनेर हामीले क्वालिटीमा ध्यान दिएका छौं लिड गीटारिष्ट रबिन बिश्वकर्माले भने ।
कार्यक्रममा प्लाटिनम स्पोन्सर हंग्री बुद्धले गरेको छ भने गोल्ड स्पोन्सरको रुपमा हिमालयन बिजनेस ग्रुप रहेको छ । सिल्भर स्पोन्सरको रुपमा एसबिए मोर्गेज एण्ड सोलुसन संगै जेबि एजुकेशन एण्ड माइग्रेसन रहेको छ । जनरल स्पोन्सरको रुपमा एबिएम होम्स, एक्सपर्ट एजुकेशन, सिएमए पेन्टिगं रहेका छन् भने एभरेष्ट बिजनेस एण्ड कन्सल्ट्यान्ट्स, ब्रिम्टा एजुकेशन र काठमाण्डौं ट्राभल सहयोगीको रुपमा रहेका छन् । फोटोग्राफि पार्टनरको रुपमा दिएअर पिक्सल रहेको छ भने मीडिया पार्टनरको जिम्मेवारी मेरो कपुरि क ले सम्हाल्ने छ । कार्यक्रम ३० सेप्टेम्वरका २०१८ दिन वेष्टर्न नेवरहुड हल मा सॉंझ ५ बजे हुनेछ ।
![[Tags] FE41DC8B-E88A-4D2A-A2B0-8682F50D1B4E-212x300 यसपाली दशैं क्यानबेरामा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/FE41DC8B-E88A-4D2A-A2B0-8682F50D1B4E.jpeg?resize=212%2C300&ssl=1)