बिनायक अधिकारी :- ‘यसपाली दशैं क्यानबेरामा’ कार्यक्रम सम्पन्न भएको छ । मल्टि डाइनामिक क्यानबेराको मुख्य प्रायोजन रहेको कार्यक्रम भरिया ग्रुप र ब्लु एज ब्याण्डको संयुक्त प्रस्तुति रहेको कार्यक्रममा ३०० जना भन्दा बढिको उपस्थिति रहेको थीयो । 

27E2AD62-9D97-47DA-A64B-C7EDAD837422-300x169 यसपाली दशैं क्यानबेरामा : अनिल र नितेशले नचाए दर्शक ।

क्यानबेराकै लोकल ब्याण्ड ब्लु एजले आफना दशैं तिहार धुन संगै ४ वटा प्रस्तुति दियो भने अनिल सिंहले आइ लभ यू र इन्जिन गाडीमा जस्ता चर्चित गीतले दर्शक नचाएका थीए । अहिलेका चर्चित र्र्यापर भीटेनले पनि आफना र्र्यापवाट दर्शक खुसी पारे । त्यस्तै यूट्यूबवाट उदाएका अहिलेका चर्चित गायक नितेशजंग कुवरले दर्शक श्रोतालाइ मख्ख पारे । त्यस्तै डिजे नट्केस (सन्तोष हुमागॉंइ) ले आफनो डिजे कोशलताले मज्जाले दर्शक नचाए ।

27E2AD62-9D97-47DA-A64B-C7EDAD837422-300x169 यसपाली दशैं क्यानबेरामा : अनिल र नितेशले नचाए दर्शक ।

कार्यक्रममा प्रकृति किरण पौडेल र दाइको संयुक्त नृत्यले थप मनोरन्जन थपेको थीयो भने भरिया ग्रुपका तर्फवाट बावुराम पौडेलले सबैलाइ स्वागत गरेका थीए । मल्टि डाइनामिक टिमले आफनो संस्था र समूहको परिचय दिदै कार्यक्रमको मुख्य प्रायोजन गर्न पाएकोमा खुसी ब्यक्त गरेका थीए । 

27E2AD62-9D97-47DA-A64B-C7EDAD837422-300x169 यसपाली दशैं क्यानबेरामा : अनिल र नितेशले नचाए दर्शक ।

कार्यक्रम वेश्टर्न नेवरहुड हल वेष्टनक्रिकमा सेप्टेम्वर ३० तारिखका दिन बेलुकी ६ बजेवाट सुरु भएको थीयो भने कार्यक्रम संचालन सृजना बस्नेत र बिनायक अधिकारीले गरेका थीए । कार्यक्रमको मीडिया पार्टनरको रुपमा मेरो कपुरी क रहेको थीयो भने फोटो पार्टनरको रुपमा द एअर पिक्सल रहेको थीयो ।

27E2AD62-9D97-47DA-A64B-C7EDAD837422-300x169 यसपाली दशैं क्यानबेरामा : अनिल र नितेशले नचाए दर्शक ।

कार्यक्रमलाइ टाइटल स्पोन्सर मल्टि डाइनामिक क्यानबेरा, प्लाटिनम स्पोन्सर द हंग्री बुद्ध नेपलिज रेष्टुरेन्ट फेरर, गोल्ड स्पोन्सरमा हिमालयन बिजनेस ग्रुप क्यानबेरा, सिल्भर स्पोन्सरमा एसबिए मोर्गेज एण्ड सोलुसन र जेबि माइग्रेसन  ब्रोन्ज स्पोन्सरमा एक्सपर्ट एजुकेशन, एबिएम होम्स, सिएमए पेन्टिगं त्यस्तै अन्य सहयोगी संस्थाहरुमा ब्रिम्टा एजुकेशन, एभरेष्ट बिजनेस, सुनिता हेयर एण्ड ब्यूटी, नेप्स्ट्रेलिया डट कम रहेका थीए ।

27E2AD62-9D97-47DA-A64B-C7EDAD837422-300x169 यसपाली दशैं क्यानबेरामा : अनिल र नितेशले नचाए दर्शक । 27E2AD62-9D97-47DA-A64B-C7EDAD837422-300x169 यसपाली दशैं क्यानबेरामा : अनिल र नितेशले नचाए दर्शक ।

27E2AD62-9D97-47DA-A64B-C7EDAD837422-300x169 यसपाली दशैं क्यानबेरामा : अनिल र नितेशले नचाए दर्शक ।

फोटो स्रोत : अनुप शाक्य (दि एअर पिक्सल)

Total Page Visits: 1637 - Today Page Visits: 1
Shares