बिनायक अधिकारी :- नेपालको गोर्खाजील्ला घर भइ हाल अष्ट्रेलियाको राजधानी क्यानबेरा बस्दै आएका अनिल पाण्डे र सबिता पाण्डेले आफनी छोरि सुश्री आइशा भट्टराइ पाण्डेको जन्मदिन मनाउने पैसा जोगाएर झण्डै चारमहिना अघि बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तका बावुआमालाइ क़ानूनी लडॉंइ लड्नका लागी सहयोग गर्ने निर्णय गरेको कुरा बताए । उनले निर्मला पन्तका हत्यारा तत्काल पत्ता लगाएर कानूनी कठघरामा ल्याउन पनि जोडदार माग गरेका छन् । उनले सबै छोरि चेलीको सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएकाले यस सहयोग अभीयानमा साथ दिन पनि सबैमा अनुरोध गरे ।
यसै अभीयानलाइ क्यानबेरा नेपलिज क्रिकेट क्लवका अध्यक्ष प्रदीप भट्टराइले पनि सहयोग गर्ने बाचा गरेका छन् । उनले निर्मला एउटा प्रतिनिधि मात्रै भएको र समाजमा यस्ता थुप्रै घटना घटिरहेको तर सरकार भने बेखवर भएकाले हामी सबैले सहयोग गर्नु पर्ने बताए ।
अन्त्यमा सबै क्लवका खेलाडीहरुले आइशालाइ जन्मदिनको शुभकामना दिदै निर्मलाको न्यायका लागी जस्टिस फर निर्मला भन्दै एेक्यबद्धता जनाएका थीए ।
![[Tags] DFABD2DD-5D64-44B6-82BE-F527BA3AB13B-300x225 निर्मला पन्तको न्यायका लागी क्यानबेरामा पहल सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/11/DFABD2DD-5D64-44B6-82BE-F527BA3AB13B.jpeg?resize=300%2C225&ssl=1)