सन् २०१८ नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो । जसमा नेपालका चर्चित व्यक्ति रहेका छन् । उनीहरुकाे निधनले देशमा अपूर्णनीय क्षति पुग्याे ।
कलेजोसम्बन्धी रोगले गत पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री बनेका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष थिए । गत मङ्सिरमा पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भयो । उनी २०६४ सालमा प्रधानन्यायाधीश बनेका थिए। संसदीय सुनुवाइको सामना गर्ने उनी पहिलो प्रधानन्यायाधीश हुन् ।
![[Tags] 32929384_1680809805365675_5104059359843844096_n नेपालले सन् २०१८ गुमाएका चर्चित ब्यक्तिहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/32929384_1680809805365675_5104059359843844096_n.jpg?resize=540%2C540&ssl=1)
सन् २०१८ मा कांग्रेसका दुई नेता बिते । करिब ६ वर्ष अघिदेखि अर्धचेत रहेका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए । यस्तै, कांग्रेसका अर्का नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको गत चैतमा निधन भयो ।
कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा निधन भयो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उनको महत्वपूर्ण योगदान छ । यही वर्ष असारमा एशियाकै अब्बल न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित उनको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो ।
![[Tags] 32929384_1680809805365675_5104059359843844096_n नेपालले सन् २०१८ गुमाएका चर्चित ब्यक्तिहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/58BA1367-BD37-4B96-8ACC-DC53BEDC46F7.jpeg?resize=640%2C366&ssl=1)
एयर बङ्गलाका विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापाको निधन भयो । बङ्गलादेशमा भएको चिकित्सासम्बन्धी गोष्ठीमा भाग लिएर फर्कने क्रममा उनको निधन भएको थियो ।
नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । गत माघमा उनको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा गत असोजमा निधन हुन पुग्यो । उनी कान्तिपुर दैनिक र नेपाल रिपब्लिक मिडियाका संस्थापक थिए ।
साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको मिर्गौलासम्बन्धी रोगबाट गत साउनमा निधन भयो । विसं २०५७ सालमा उनको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो ।
वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा गत जेठमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडेका थापाले झण्डै सय वटा चलचित्र र टेली चलचित्रमा अभिनय गरेका थिए ।नयॉंपत्रिकामा खवर छ ।