घुम्नु छ (कबिता )


गुराँस फुल कानमा सिउरी , म जान्छु घुम्नलाई ।
हिमाल पहाड पोखरी ताल , रमेर चुम्नलाई ।।
दुधको धारा बगाई दिन्छिन् ,यी दुधपोखरी ।छि
कञ्चन जल चेपेको भेल तर्ने हो कसरी ।।

बारपाक गाउँ ,रमाईलो ठाउँ ,पुग्नुछ जौबारी ।
भूकम्पपछि अाँटिला जन , बनाछन् घरबारी ।।
कालिका दर्शन गरेर जान्छु, त्यो मनकामना ।
शिरमा अाशिष थापेर झर्छु केबुलकारमा ।।

ब्यासको गुफा ,त्यो देबघाट घुमेर साँझमा ।
पुगौंला चाँडै सरर गरि , पोख्रेली माँझमा ।।
बिहान उठि हेरौंला ऐना, त्यो फेवातालमा ।
त्यो माछापुच्छ्रे अङ्गालो हाल्छे पारेर जालमा ।।

टोलाउदैहोलिन् स्याङ्जाली नानी,त्यता नि जानुछ ।
त्यो सिरुबारी पकाउँछिन् भोजन ,त्य‍ो पनि खानुछ ।।
घुम्दै र फिर्दै म्याग्दि र बाग्लुङ पुगेर रमाउँला ।
सालैजु भाका ,कौडाको नृत्य हेरेर रमाउँला ।।

साह्रै नै राम्रो रहेछ हाम्रो मगरको संस्कृति ।
हाँसो र खेल छ माया प्रिति नभई बिकृति।।
साह्रै नै सुन्दर छ भन्छन् मुस्ताङ् हिमालपारिमा।
वारि र पारि हिमालै हिमाल, छन् हाराहारीमा ।।

सलल बग्छिन् पबित्र काली, शिरमा मुक्तिधाम् ।
खोजेर शिला कुँदेकीहोलिन्, पबित्र शालिग्राम् ।।
फापरको ढिडो टिमुरको अचार खानलाई अच्छा भो।
फापरबारी स्याउका घारी हेर्दामा मज्जा भो ।।

पर्बत जिल्ला त्यो धौलागिरि टलल्ल टल्कीने ।
सुन्तलाबारी गुँरासे घारी, फुलैले झल्किने ।।
गालामा गुँरास फुलाकी होलिन् मनाङ्गे नानीले ।
सबैलाई लठ्ठ पारेकिहोलिन् लजाउने बानीले।।

तिलिचो तालको पबित्र जल, नवलपुर लानुछ ।
गण्डक नहर घुमेर हेर्दै, सुस्तामा जानुछ ।।
पुर्खाको हातले कोरेका सिमा मेटिन लाग्यो कि ?
त्यो मौलाकाली मन्दिरको अास्था मेटिन लाग्यो कि??

पोखरी ताल गुम्बा र मन्दिर ज्ञानले सजाउँछु ।
कृषि र जल उद्योग धन्धा ,बिज्ञानले बनाउँछु ।।
ज्ञान र बिज्ञान उजागर् गर्छु, राख्दिन बन्धकी ।
चाँडै नै बिकास अबस्य हुन्छ ,प्रदेश गण्डकी ।।

बिष्णु गुरुङ्ग (प्यासी )
सु न पा ९ भोटे अोडार ,लमजुङ्ग ।

Total Page Visits: 1949 - Today Page Visits: 1
Shares