यो बर्ष (कविता)
जिन्दगीका कति कति ,गित गाउनुथियो ।
निष्ठुरीले लय भाका ,सबै लुकाईदियो ।।
पापिनीको पासो रैछ, हिड्ने बाटो भरी ।
यति ठूलो सागर छ, कसरी जाउँ तरी।।
दिन दशा लाग्याछकी,फापेन यो बर्ष ।
भौतारिदै खोजि राछु, हराएको हर्ष ।।
बिचार शून्य,गति शून्य,जति गम्दा पनि ।
अाफ्नै धड्कन् थाहा पाइन,मुटु छाम्दा पनि ।।
कल्पनाकी चरी एउटी बेग हानी रैछ ।
बादलुको देश पारी,चारो खोज्न गैछ ।।
के के ल्याउछे हेरौं अब ल्याए बाँडि खाउँला ।
जस्तो ल्याउछे त्यस्तै दिउँला खाई रमाउँला ।।
बिष्णु गुरुगं ‘प्यासी’
सुनपा ९ भोटेवडार लम्जुगं
Total Page Visits: 1239 - Today Page Visits: 1