दाइले सिड्नी झरेपछि मज्जाले कुम दल्यो
भाइले भोलिपल्टवाट पॉंचतल्ला भ्याकुम दल्यो ।
फुन किन्न बजार लग्यो आइफुन किन्यो
मलाइ आधि फुटेको पुरानो सामसुम दियो ।
सोधें दाइ ! बर्गर पिजा मीठो हुन्छरे हो ?
घरको गुन्द्रुक छ झोल हाल हुकुम दल्यो ।
नेता मोटाउने त राजधानिमा बसेर हो
कापिमा बिकास दल्यो पेटमा रुकुम दल्यो ।
सिद्धि बिनायक नेपाली
क्यानबेरा, अष्ट्रेलिया ।
Total Page Visits: 1150 - Today Page Visits: 1