बिनायक अधिकारी

क्यानबेरा भ्रमणमा रहेका नेपाल आइडल सिजन २ का सिर्ष ६ लाइ हिमालयन बिजनेस ग्रुप क्यानबेरा ब्रान्चले मॉंयाको चिनो प्रदान गरेको छ । समय अभावका कारण थोरै समयमा कार्यक्रम गर्न परेको हुनाले मॉंयाको चिनो मात्र प्रदान गर्न सक्यौं हिमालयन बिजनेस ग्रुप क्यानबेराका प्रमुख आदर्शजंग पाण्डेले भने । छोटो कार्यक्रममा बोल्दै पाण्डेले हिजो भएको कार्यक्रमका सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिए र सबै नेपाल आइडलका समूहलाइ स्वागत गर्दै संयुक्त रुपमा आदर्शजंग पाण्डे र मन तामागंले मायाको चिनो प्रदान गरेका थिए ।

हिमालयन बिजनेस ग्रुप क्यानबेरा शैक्षिक परामर्श संगसंगै समाजमा हुने बिभिन्न कार्यक्रमहरुमा पनि आर्थीक एवं सामाजिक सहयोग दिइरहेको छ । हामीलाइ समाज चाहिन्छ ब्यवसाय मात्रै केहि होइन समाज संगै हिड्ने सकिएन भने ब्यवसाय चल्दैन त्यसैले दुबै हाम्रालाइ उत्तिकै महत्वपूर्ण भएकाले हामीले सहयोग गरेका छौं र गरिरहने छौं पाण्डेले हामीलाइ बताए । 

साच्चै पाण्डेले भनेजस्तै हिमालयन बिजनेस ग्रुपले समाजका प्राय कार्यक्रम हरुमा सहयोग गरि रहेको छ । हिजो सम्पन्न भएको नेपाल आइडल शो मा मुख्य प्रायोजन गरेको थियो ।

Total Page Visits: 1398 - Today Page Visits: 1
Shares