गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालका लागि पूर्वउपाध्यक्ष दिनेश पोखरेलको नेतृत्वमा समावेशी समूह घोषणा भएको छ । एक विज्ञप्ति जारी गर्दै पोखरेललाई अध्यक्षमा उम्मेद्वार बनाइने र अन्य विभिन्न पदहरुमा समेत विभिन्न पेशा, व्यवसायमा आबद्ध रहेका नेपालीहरुलाई समेटेर अघि बढ्ने जमर्को गरेको उक्त समूहले जनाएको छ । सिड्नीको अलउडमा शनिबार भएको भेलाले यस्तो निर्णय गरेको हो । अष्ट्रेलियामा बसोबास गर्ने सबै क्षेत्र, समूह र जाति जनजातिलाई समेटेर समावेशी समूह बनाएको अध्यक्षका प्रत्याशी पोखरेलले एमएनटीभीलाई बताए ।
समावेशी समूहबाट एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदमा दिनेश पोखरेल, महासचिवमा सन्तोष दाहाल, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा कपिल पाण्डेले दाबेदारी प्रस्तुत गर्नेछन् । यस्तै युवा संयोजकमा विनोद पौडेललाई उम्मेद्वार बनाइने भएको छ । उता, आईसीसी सदस्यमा चोलाकान्त भुसाल, शमिम अनवर, अशोक केसी, राजु मानन्धर, शम्भु कँडेल, निराजन गौलीको नामावली सार्वजनिक भएको छ ।
भेलाले न्यूसाउथवेल्समा देव बहादुर गुरुङ ब्रिसबेनमा धिरेन्द्र थापा, साउथ अष्ट्रेलियाको रेनुका लामा, वेष्टर्न अष्ट्रेलियाको कृष्णमान श्रेष्ठ, भिक्टोरियामा महेन्द्र कार्कीलाई संयोजक एवं उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
देव गुरुङको टोली यस्तो छ
उक्त भेलाले सबैभन्दा बढी सदस्यता रहेको अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य संयोजक एवं उपाध्यक्ष पदमा देव गुरुङलाई उठाउने निर्णय गर्दै उनको टिम उपसंयोजक चुन्ना क्षेत्री, सचिव दिपक पहारी, सहसचिव तीर्थ कार्की, कोषाध्यक्ष सुदिप ढकाल र सदस्यहरुमा बिरोध थिङ्ग, अन्जु शाह, सुरज रेग्मी, भवानी पौडेल, चन्द्र ढकाल, अशोक थपलिया, नम्रता शर्मा, नवीन खनाल रहेका छन् । त्यसैगरी एनआरएन अष्ट्रेलियाको एनसीसी सदस्यमा सुवान चौलागाइैं, बाबुराम गौतम, कृष्ण निरौला, कुमारजंग शाह, सागर अधिकारी, कर्ण यादव रहेका छन् । न्यूसाउथवेल्स युथ कोअर्डिनेटरमा अरुण गौतम, उपसंयोजकमा पारश थापा, सदस्यहरुमा अजय गिरी, सोयुज चुडाल, सशांक बस्याल रहेका छन् । यस्तै महिलातर्फन्यूसाउथवेल्स राज्य संयोजकमा डा. समिता गुरुङ्ग, उपसंयोजकमा दिपा जोशी र सदस्यमा स्वीकृति भट्ट रहेका छन् ।
साउथ अष्ट्रेलियाको महिला नेतृत्वको टिम
साउथ अष्ट्रेलिया राज्य संयोजक तथा उपाध्यक्ष पदमा समावेशी समूहले रेनुका लामालाई उठाउँदैछ । उपसंयोजकमा चन्द्र कुँवर, सचिवमा रामकृष्ण शर्मा, सहसचिवमा ऋषि दुलाल, कोषाध्यक्षमा रजनेश श्रेष्ठ, युवा संयोजकमा शिव रिमाल, महिला संयोजकमा सीता केसीलाई अगाडि सार्ने भएको छ । साउथ अष्ट्रेलियाबाट एनसीसी सदस्यमा ईन्दु भट्टराईले उम्मेद्वारी प्रस्तुत गर्नेछिन् ।
ब्रिसबेनमा बनाना किङ
नेपालीको बसोबासको दृष्टिले सिड्नी र मेलबर्नपछिको ठूलो शहर ब्रिसबेनमा बनाना किङको नामले चर्चित धिरेन्द्र थापालाई राज्य संयोजक एवं उपाध्यक्ष पदको उम्मेद्वार बनाइने भएको छ । आईतबार आयोजना गरिएको टिम घोषणा सभामा बोल्दै थापाले तीस वर्षदेखि आफूले नेपाली समूदायमा गरेको योगदानलाई सबैले साथ दिने आशा व्यक्त गरे । उनले विभिन्न संघ संस्थामा रहेर काम गरिसकेकोले एनआरएनमा नेतृत्वमै रहेर काम गर्न यस पटक अघि सरेको धारणा राखेका थिए ।समावेशी समूहको तर्फबाट उपसंयोजकमा प्रमोद दवाडी, सचिवमा विरोचन श्रेष्ठ, सहसचिवमा प्रकाश राई, कोषाध्यक्षमा रोजेज घिमिरे तोकिएको छ । महिला संयोजक मेघासिंह शर्मा, युवा संयोजकमा आविष्कार पाण्डेलगायत रहेका छन् । क्वीन्सल्याण्डबाट एनसीसी सदस्यमा निरज क्याप्टेन, रमेश पाण्डे, सुमन श्रेष्ठ उम्मेद्वार हुने भएका छन् ।
मेलबर्नमा महेन्द्र
मेलबर्नको नेपाली समूदायका पुराना अभियन्ता महेन्द्र कार्कीको नेतृत्वमा समावेशी समूहले बनाएको टोलीमा उपसंयोजकमा गौतम लामिछाने, सचिवमा गणेश गौतम, कोषाध्यक्षमा कल्पना ज्ञवाली, महिला संयोजकमा अमृता गुरुङ, उपसंयोजकमा सजना मानन्धर, युवा संयोजकमा निरोज श्रेष्ठ, उपसंयोजकमा सुमन कार्की, सदस्यहरुमा धन लामा र राजु भेटवाल रहेको जानकारी दिइएको थियो ।
वेष्टर्न अष्ट्रेलियामा कृष्णमान
समावेशी समूहको तर्फबाट वेष्टर्न अष्ट्रेलियामा कृष्णमान श्रेष्ठ संयोजक एवं उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिँदैछन् । यस्तै उपसंयोजकमा माधव ढुंगाना, सचिवमा सुजित विष्ट, कोषाध्यक्षमा शेखर घिमिरे, सहसचिवमा मिकी लिम्बुले उम्मेद्वारी दिने भएका छन् । अर्कोतर्फ महिला संयोजकमा स्मीता कोइराला र युवा संयोजकमा प्रदिप न्यौपानेले समावेशी समूहको तर्फबाट आफुलाई उभ्याएका छन् । वेष्टर्न अष्ट्रेलियाबाट एनसीसी सदस्यमा आशिष अधिकारी, सरद पौडेल, सीताराम पन्त उम्मेद्वार हुनेछन् ।
स्रोत : एमएनटिभि ।
![[Tags] dinesh-pokharel-1024x738 दिनेश पोखरेलको नेतृत्वमा समाबेशी समूह घोषणा ।](https://i0.wp.com/mntvonline.com/wp-content/uploads/2019/05/dinesh-pokharel-1024x738.jpg?resize=640%2C461)
![[Tags] dinesh-pokharel-1024x738 दिनेश पोखरेलको नेतृत्वमा समाबेशी समूह घोषणा ।](https://i0.wp.com/mntvonline.com/wp-content/uploads/2019/05/dhirendra-1024x500.jpg?resize=640%2C313)